धादिङका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

297 पटक पढिएको

१३ असार २०८३, शनिबार ०६:३७ सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाल विद्युत् प्राधिकरण, धादिङ वितरण केन्द्रले जिल्लाका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले दुई छुट्टाछुट्टै सूचना प्रकाशित गरी रुखका हाँगाबिँगा काट्न र पोल मर्मत सम्भार गर्ने प्रयोजनका लागि आज लाइन कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार रातमाटे सब-स्टेशनदेखि जहरे सब-स्टेशनसम्म विद्युत् आपूर्ति गर्ने ३३ के.भी. प्रसारण लाइन नजिकका रुखका हाँगा काट्ने (बुस कटिङ) कार्यका लागि आज बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म जहरे सब-स्टेशनबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा बिजुली कटौती हुनेछ ।

त्यस्तै, धादिङबेँसी सबस्टेशनअन्तर्गत सिरानबजार चोकको पोल मर्मत सम्भार कार्यका लागि आज बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म विद्युत् कार्यालय धादिङबेँसीदेखि सिरानबजार एरियामा लाइन बन्द रहनेछ । यो कार्य गर्दा आवश्यक परेमा अन्य लाइन पनि केही समय बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ ।

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।