र्‍याफ्टिङ गर्दै त्रिशुलीको सरसफाइ (फोटो फिचर)

675 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, माघ ६ –त्रिशुली नदीमा आइतबार जलयात्रा गर्नेमा पर्यटक भन्दा बढी सरकारी अधिकारी, पर्यटन ब्यवसायी, उद्योगी ब्यापारी र पत्रकारहरु थिए ।

धादिङको पिडा गाविसको जरेवरबाट नदीको ५ किलोमिटर तल गलौंदीसम्म उनीहरुले जलयात्रा गरे । साहसिक जलयात्राको पहिलो गन्तव्य मानिने त्रिशुलीमा फोहोर र अतिक्रमण बढेपछि सरसफाइ र संरक्षणको सन्देश सहित उनीहरु नदीमा पसेका हुन् ।

नेपाल  एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को संयोजनमा पर्यटन क्षेसँग संबन्धित १२ भन्दा बढी सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधि साथै सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रतिनिधिहरु पनि नदी सरसफाइमा सहभागी भएका थिए ।

२१ वटा डुंगा (बोट) मा जलयात्रा गरेका २ सय ५० जनाले नदी सरसफाइ गरेका थिए । सरसफाइ जलयात्रा सकिएपछि आयोजित कार्यक्रममा पर्यटन सचिव सुशील घिमिरेले नदीमाथिको अतिक्रमण रोक्न र यसबाट धेरै लाभ लिनका लागि सबैले आआफ्नो ठाउँबाट क्रियाशील हुनुपर्ने बताउनुभयो ।

अरु सहभागीले त्रिशुली प्रदुषित हुंदै जानुमा नदी छेउमा खोलिएका वालुवा तथा ढुङ्गा उद्योग, बढ्दै गएको शहरीकरण, बाढी पहिरो, मानव अतिक्रमण नै प्रमुख कारण रहेको बताएका थिए ।

हरेक बर्ष मनाइने साहसिक जलयात्रा महोत्सव अन्तर्गत यसबर्ष भने नेपाल पर्यटन वोर्ड, त्रिशुली बचाउ साझा अभियान, हिमालय रिभर गाइड एशोसिएशन, नेपाल कायक क्लव, नेपाल राफ्टिङ एण्ड क्यानेनिङ एशोसिएशन, नेपाल नदी संरक्षण ट्रष्ट, जिल्ला विकास समिति धादिङ र धादिङ उद्योग वाणिज्य संघको साझेदारीमा त्रिशुली सरसफाई तथा जलयात्रा गरिएको नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले बताउनुभयो ।

काठमाडौबाट नजिक पर्ने र बर्षभरीनै र्‍याफ्टिङ गर्न सकिने भएकाले त्रिशुली नदीमा अतिक्रमण र फोहोर नियन्त्रण गर्नुपर्ने पर्यटन ब्यवसायीहरु बताउँछन् । ‘बाह्य पर्यटनमा उतार चढाव आइरहेको समयमा आन्तरिक पर्यटन प्रबर्धन गर्न साहसिक जलयात्रामा नेपालीहरुको सहभागिता बढाउनुपर्छ’ नाराका अध्यक्ष दहाल भन्नुहुन्छ ।

सरसफाइ जलयात्राका केही तस्बिर हेर्नुहोस्:

 -उज्यालो अनलाईन