पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कृष्णभीरमा भित्तो काटेर अस्थायी ट्रयाक बनाउने तयारी
93 पटक पढिएको
काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र कटानका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन धादिङको कृष्णभीरस्थित पहाडतर्फको भित्तो काटेर अस्थायी ट्रयाक निर्माण गर्ने तयारी थालिएको छ। नदीतर्फबाट सडकको आधार पुनर्निर्माण गरेर तत्काल यातायात सञ्चालन गर्न कठिन देखिएपछि सडक विभागले कृष्णभीरको विकल्प कृष्णभीरमै खोज्दै भित्तो काट्ने योजनालाई प्राथमिकतामा राखेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीको नेतृत्वमा प्राविधिक टोलीले पहिरो र cut-off को अवस्थाबारे अध्ययन गरिरहेको छ। स्थलगत जोखिम मूल्याङ्कनपछि ट्रयाकको स्वरूप र निर्माण कार्य अघि बढाउने निर्णय गरिनेछ। प्रारम्भिक आकलनअनुसार पहाडको भित्तो काटेर अस्थायी ट्रयाक तयार पार्न सकिए कम्तीमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिनेछ। तर माथिल्लो भागबाट पहिरो खस्ने जोखिम र त्रिशूलीको कटान कायमै रहेकाले हतारमा काम गर्दा थप दुर्घटना हुन सक्नेतर्फ सचेत रहँदै प्राविधिक सुरक्षा सुनिश्चित गरेर मात्र निर्माण सुरु गरिने विभागको भनाइ छ।
त्रिशूली नदीको ठूलो बाढीले सडकको तल्लो भाग कटान गर्दा नदी किनारमा बनाइएको संरक्षण पर्खाल भत्किएर सडक भासिएको हो। प्राविधिकहरूको प्रारम्भिक विवरण अनुसार कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग पूर्ण रूपमा भासिएको छ। नदीको सतहदेखि करिब ६० मिटर उचाइसम्म सडकको संरचनामा क्षति पुगेकाले तत्काल पुरानै संरचनामाथि सडक बनाउन असम्भवप्रायः छ। पानीको सतह नघटेसम्म तल्लो भागमा पुगेर क्षतिको पूर्ण मूल्याङ्कन गर्न कठिन भएकाले पछि नदी किनारबाटै बलियो पर्खाल वा स्थायी संरचना बनाउनेबारे विस्तृत अध्ययन गरिनेछ।
काठमाडौँ उपत्यकालाई देशका पश्चिमी तथा दक्षिणी भूभागसँग जोड्ने मुख्य सञ्जालका रूपमा रहेको पृथ्वी राजमार्गमा सामान्य अवस्थामा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। सडक ठप्प हुँदा यात्रुका साथै खाद्यान्न, इन्धन, औषधि र तरकारीजस्ता अत्यावश्यक सामग्रीको ढुवानी नराम्ररी प्रभावित भई राजधानीको आपूर्ति शृङ्खलामा ठूलो दबाब परेको छ। राजमार्ग पूर्ण रूपमा नखुलुञ्जेलका लागि त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा–कुलेखानी–फर्पिङजस्ता वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। तर, यी सडकको क्षमता कम भएकाले यात्राको समय र सवारी चाप बढ्नुका साथै ठूला भारवाहक सवारीसाधनका लागि सबै सडक उपयुक्त नहुन सक्छन्।
कृष्णभीर लामो समयदेखि पहिरो र सडक भासिने जोखिमयुक्त क्षेत्र रहँदै आएको छ। विसं २०५६ मा पनि ठूलो पहिरोका कारण यो क्षेत्र लामो समय अवरुद्ध भएको थियो। गत वर्ष सडक भासिएपछि भर्टिकल पाइलिङको काम सकिएर होरिजन्टल एन्करिङको काम बाँकी रहँदै फेरि बाढीले ठूलो क्षति पुर्याएको हो। हाल अघि सारिएको अस्थायी ट्रयाक तत्कालीन राहत मात्र भएकाले कृष्णभीरको दीर्घकालीन समाधानका लागि नदी नियन्त्रण, मजबुत पर्खाल, पहाडको स्थिरीकरण, बाइपास वा सुरुङमार्गमध्ये उपयुक्त विकल्पबारे अध्ययन आवश्यक देखिएको छ।








Finally a site that understands what players actually want. The registration process was quick and the bonuses are generous. Cheers to idliga2000 for the great service.
Fast access and no lagging. It’s refreshing to find a site that actually values the player’s time. Great job to the 5jililogin team.
Hmm, the focus on mobile flow in the product info is key. Seems like solid UX matters more than just the games. Worth checking out the pk7 app download apk for a feel for their structure. 🤔