परेवाटार-मास्टार वैकल्पिक सडकमा हिलोको सास्ती,फोर ह्विललाई पनि सकस
131 पटक पढिएको
धादिङ- बाढीका कारण मुख्य राजमार्ग जोड्ने पुल बगेपछि वैकल्पिक मार्गका रूपमा अघि सारिएको परेवाटार-मास्टार सडक खण्ड हिलो र लेदोका कारण पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। सिंहदरबारदेखि गाउँपालिकासम्मले सडक सञ्चालनमा आएको प्रचार गरे पनि धरातलीय अवस्था भने निकै कमजोर र जोखिमपूर्ण देखिएको छ।
गत भदौ १० गते भोटेकोशी-त्रिशूलीको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेसीबाट पृथ्वीराजमार्ग निस्कने मुख्य सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। त्यसपछि परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार जोड्ने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइयो। तर, बुधबार बिहान धादिङबेसीबाट काठमाडौँका लागि छुटेको बस नेपालटार नजिकै गहिरो हिलोमा फसेपछि यो सडकको वास्तविक बिजोग छताछुल्ल भएको हो ।
स्काभेटर लगाएर बाटो पन्छाएको जस्तो देखाइए पनि ठाउँ-ठाउँमा जमेको पानी र लेदोका कारण मोटरसाइकल, साना गाडी, बस तथा हाइस सञ्चालन गर्न असम्भवप्रायः छ। धादिङबेसीका यातायात व्यवसायी उपेशकुमार श्रेष्ठ भन्छन्, “सस्तो लोकप्रियताका लागि वैकल्पिक मार्गमा यातायात सञ्चालनमा आयो भनेर प्रधानमन्त्री कार्यालयदेखि गाउँपालिकासम्मले जोडतोडका साथ प्रचार गरे। तर सडकको अवस्था यति कमजोर छ कि फोर ह्विल बाहेक अन्य सवारीसाधन गुड्नै सक्दैनन्।”
सडकको दुरावस्थाका कारण आपत्कालीन राहत र मर्मतका कामसमेत रोकिएका छन्। गल्छी गाउँपालिकाका महेशदोभान, बैरेनी, बेल्खु र कोल्पुखोला लगायतका स्थानमा बाढीले खानेपानीको पाइपलाइन बगाएपछि डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयमार्फत पाइप ढुवानीका लागि पठाइएको गाडी बिहीबार दिनभर हिलोमा फसेको गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीले जानकारी दिनुभयो।
वैकल्पिक मार्गलाई नाममा मात्रै सीमित नराखी ठूला बस तथा ट्रकसमेत सहज रूपमा आवतजावत गर्न सक्ने गरी तत्काल सडक सुधार र हिलो व्यवस्थापन गर्नुपर्ने माग धादिङ मण्डली यातायात प्रा.लि.का फिल्ड इन्चार्ज सिताराम भट्टको छ। हिलो जमेका ठाउँमा मेसिन लगाएर लेदो पन्छाउने, पानीको निकास बनाउने र ग्राभेल हालिदिने हो भने सवारीसाधन सञ्चालन गर्न सकिने चालकहरू बताउँछन्।
कागज र सरकारी दाबीमा बाटो खुलेको भनिए तापनि जोखिम कायमै रहेकाले सम्बन्धित निकायले तत्काल स्तरोन्नति नगरे सदरमुकामको यातायात सम्पर्क झनै जटिल बन्ने र सर्वसाधारणले अझै ठूलो सास्ती खेप्नुपर्ने देखिन्छ।








Just having a blast on this site! The community is great and the winning streaks are feeling real today. So much fun at br777betfun
I was skeptical at first but this site really delivers. The game variety is amazing and I had no issues with my first withdrawal. Love krawin68 so far!
Super easy to navigate and the rewards system is actually rewarding. I love how simple it is to start playing. Download okplayslotapp