मेलाको प्रचार प्रसार व्यापक बनाइदै

493 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ७ माघ- धादिङबेसीको खुल्लामञ्चमा आयोजना गर्न लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलालाई व्यापक रुपमा प्रचार प्रसार गरिएको छ ।

माघ १५ गतेदेखि २३ गतेसम्म हुन लागेको मेलाका लागि मङगलबार राजमार्ग क्षेत्रका विभिन्न स्थानहरुमा व्यानर तथा बु्रसरहरु मार्फत प्रचारलाई व्यापकता बनाइएको छ ।45111_1396028203987482_1622757078_n 1524787_1395535804036722_612174373_n

धादिङ छिर्ने मुख्य नाका नागढुङगा, नौविसे, धार्के, गल्छी, गजुरी मलेखु तथा विशालटार लगायतका ठाँउहरुमा स्वागतद्धार गेट निमार्ण कार्य तथा व्यानर टाग्ने कार्य भइरहेको आयोजकले जानकारी दिएको छ । त्यस्तै भित्ताहरुमा रङरोगन कार्यहरु भइरहेको छ । दैनिक रुपमा व्यानर, बु्रसर तथा माइकिङ मार्फत प्रचार कार्यलाई तीब्र पारिएको छ ।

मेलामा थप उर्जा पैदा गर्न महिला तथा आमा समूह परिचालन उपसमितिको बैठक बसेको छ । धादिङमा सञ्चालित विभिन्न सहकारी तथा आमा समूहहरु मार्फत बनाएका नयाँ बस्तुहरु मेलामा प्रदर्शन गरिने उपसमितिका संयोजक चिनामाया श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग , व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गर्न लागेको मेलामा ५ करोड बराबरको कारोबार हुने र एक लाख दर्शक भित्रयाउने आयोजकको दाबी छ ।

मेलामा दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्री लगायतका बस्तुहरु प्रदर्शन गरिने मेला प्रचार प्रसार समितिका संयोजक कल्पना अधिकारीले जानकारी दिनुभयो ।