मेलामा सुरक्षा व्यवस्था कडा पारिने

542 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी–उद्योग वाणिज्य संघ धादिङले आयोजना गर्न लागेको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्थामा कडा पारिने भएको छ ।

बुधवार सम्पन्न भएको मेला प्रचार प्रसार उपसमितिको बैठकले मेलामा मेला भित्रको आन्तरिक सुरक्षा प्रबन्धका लागि विभिन्न सुरक्षा संघ सस्थामा कार्यरत व्यक्तिहरुलाई खटाई मेलामा विशेष सुरक्षा दिने जानकारी गराइएको छ ।
मेलाका लागि सुरक्षा व्यवस्था कडा बनाइने महासचिव लोकनाथ डल्लाकोटीले वताउनु भएको छ ।
मेलाको आन्तरिक सुरक्षाका लागि आन्तरिक सुरक्षा व्यवस्था उपसमितिको संयोजनमा विभिन्न व्यक्तिहरु खटाइ सुरक्षा दिने जनाईएको छ । मेला हाता भित्रको सम्पूर्ण प्रर्दशनमा राखिएका सामान तथा भौतिक पूर्वाधार लगायतका सम्पती सुरक्षाको जिम्मेवारी पनि आयोजकले नै लिने सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक मनराज गोदारले जानकारी दिनुभयो ।

बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला सुरु हन करीब १ हप्ता बाँकी रहदा विभिन्न समिति तथा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई अन्तिम चरणमा पु¥याएका छन् ।

माघ १५ देखि धादिङबेसीको खुल्लामञ्चमा सञ्चालन हुने मेलामा ५ करोड बराबरको कारोबार हुने र एक लाख दर्शक भित्रयाउने लक्ष्य राखेको छ । धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग , व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको समितिका संयोजक कल्पना अधिकारीले जानकारी दिनुभयो ।