मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

603 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,९  माघ – मलेखु धादिङवेशी सडक खण्डको नलाङ-७ मा भएको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु भएको छ ।

 

धादिङबेशीबाट मलेखु तर्फ जाँदै गरेको बा‌‌‌‌ ५५ प ६८९ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ सल्यानटार ८ का मोटरसाईकल चालक अयन घलेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तीव्र गतिका कारण दुर्घटना हुदाँ घाईते भएका सोहि ठाँउका २२ वर्षीय सुजित मानान्धरको जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछी  थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।