मेलाको तयारीमा तीव्रता, मेलास्थलको सुरक्षामा भुतपुर्व सैनिक खटाईयो

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ १०माघ – “कृषि, उद्योग र पर्यटनको व्यापक संभावना, सम्बृद्ध धादिङ हाम्रो परिकल्पना” भन्ने नारका साथ बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० नजिकीरहदा मेलाको तयारीमा तीव्रता आएकोे छ ।

मेला सुरु हुन अब ५  दिन मात्र बाँकी रहदा आन्तरिक सुरक्षा उपसमितिका सदस्यहरुले आफ्नो जिम्मेवारीलाई अन्तिम रुप दिएका छन् । मेलाको आन्तरिक सुरक्षाका लागि आयोजकले विहीबार देखि नै मेलास्थलमा सुरक्षाकर्मी खटाइएको छ । मेला स्थल भित्र रहेका स्टल तथा अन्य सामग्रीको रेखदेख गर्नका लागि सुरक्षा उपसमितिले मेला अवधिभर विहान, दिउँसो तथा रातको समयमा पनि सुरक्षाकर्मी खटाइने सुरक्षा उपसमितीका संयोजक मनराज गोदारले जानकारी दिनुभयो ।
स्टलभित्र रहेका सामानहरुको सुरक्षाका लागि आयोजकले मेला अवधिभर 45111_1396028203987482_1622757078_nसिसिटिभी क्यामरा जडान गरी सुरक्षा दिने पनि बताइएको छ ।

यसैगरी आगामी माघ १५ देखि २३ गतेसम्म सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा सञ्चालन हुने मेलामा धादिङ जिल्लामा रहेका महिला सहकारीहरुसँग समन्वय गरी महिलाहरुले नै बनाएका बस्तुहरुको प्रर्दशन गरिने जानकारी गराइएको छ ।

महिलाहरुले नै बनाएका ढिँकी, जाँतो सहित सेलरोटी बनाउने र तरकारी, ढिडोतथा गुन्दुकका परिकारहरु बनाइने महिला तथा आमा समूह परिचालन उपससमितिका संयोजक चिनामाया श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै धादिङबेसीमा रहेको व्युट्रियियनहरुबीच बेहुली सजाई प्रतियोगीता गर्ने तथा महिलाहरुले नै बनाएका विभिन्न आकर्षक बस्तुहरु पनि मेलामा प्रर्दशनीमा राखिने बताइएको छ ।

धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थान गर्नका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गर्न लागेको मेलामा ५ करोड बराबरको कारोबार हुने आयोजकको दाबी छ । एक लाख भन्दा बढी दर्शक भित्रयाउने लक्ष्य राखेको मेलामा हालसम्म मेलाको प्रवेशद्धार निमार्ण, साँस्कृतिक स्थल निमार्ण तथा स्टल निमार्ण कार्य अन्तिम चरणमा पुगिसकेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७०’ मूल आयोजक समितिका महासचिव लोकनाथ डल्लाकोटीले बताउनुभयो ।