579 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ : मैदी गाविस २ अमराईमा नेपाली सेनाले एक सयजना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। सेनाको सामाजिक हित कार्यअन्तर्गत ८० वर्ष कटेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो।

सेनाले दुईदिने स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ। स्थानीय अमरावती निमाविलाई एक सेट खेलकुद सामग्रीका साथै एक सय ५० जना बालबालिकालाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ।

स्वास्थ्य शिविर र कम्बल वितरण कार्यक्रमको प्रधानसेनापति गौरवशमशेर राणाले शुक्रबार उद्घाटन गरेका छन्।

नेपाली सेना, सैनिक श्रीमती संघ, धादिङको गजुरीस्थित सबुज गणको आयोजना र अमरावती निमाविको संयोजनमा भएको स्वास्थ्य शिविरमा विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण र नि:शुल्क औषधि वितरण गरिने सबुजका गणपति भोला थापाले बताए।

शिविरमा रनिष्मा बिष्ट र राजेश यादव नेतृत्वको ३० जना चिकित्सक टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको छ। शिविर शनिबार पनि सञ्चालन हुनेछ।

शिविर सञ्चालनका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर र क्लिनिक नेपाल मेघौलीले चिकित्सकसहितको प्राविधिक सहयोग उपलब्ध गराएको छ।

प्रधानसेनापतिसहितको उच्च अधिकारीको टोली शुक्रबार धादिङमै रहने जानकारी धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले दिए।

कम्बल  वितरण र स्वास्थ्य शिविरको केही तस्बिर हेर्नुहोस् :

मैदीमा सेनाको स्वास्थ्य शिविर (फोटो फिचर)

 तस्विर उज्यालो अनलाईनबाट