धादिङमा धेरै संभावना रहेको अर्थमन्त्री कोइरालाको दावी

724 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, माघ १५ – धादिङ जिल्लामा कृषि, पर्यटन, जलश्रोत र शिक्षाका क्षेत्रमा धेरै संभावनाहरु रहेको भन्दै अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शंकर कोइरालाले जिल्लाका सवै पक्ष एकैठाउंमा बसेर योजना वनाउनु पर्ने बताउनु भएको छ ।SAM_0084

बुधवारदेखि धादिङबेसीमा सुरु भएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० को उदघाटन गर्दै मन्त्री कोइरालाले जिल्लाको आर्थिक समबृद्धि, समुन्नती र प्रगतिका लागि मेलाले ढोका खोलेको बताउनुभयो ।

धादिङ जिल्लामा उत्पादित तरकारीले काठमाडौं र पोखराको वजारमा पाएको स्थानलाई अझै बढाउनुपर्ने मन्त्री कोइरालाको सुझाव थियो । धादिङ जिल्ला राजधानीको घाँटी भएकाले घाँटी जोगाउन राजधानीको पनि भुमिका हुने मन्त्री कोइरालाको भनाई थियो ।

धादिङ जिल्लामा कृषि, अन्य यान्त्रिक उद्योग कारखानाका साथै पर्यटन उद्योग र शिक्षाका क्षेत्रमा पनि अवसर रहेको भन्दै मन्त्री कोइरालाले शैक्षिक प्रतिष्ठानहरु खोल्न सकिने वताउनुभयो ।