धादिङ मेलामा ६ करोड ५० लाखको कारोबार

562 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 हरेक बर्षको माघ १५ देखि २३ गते सम्म जिल्ला स्तरीय मेला महोत्सवको आयोजना गर्ने

धादिङ,- ‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’भन्ने मूल नाराका साथ नौ दिन देखि धादिङ सदरमुकाम धादिङबेसीमा संचालन भएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला बिहीवारवाट सम्पन्न भएको छ । मेला सम्पन्न भएको अवसर पारेर उद्योग वाणिज्य संघ धादिङले हरेक बर्षको माघ १५ देखि २३ गते सम्म जिल्ला स्तरीय मेला महोत्सवको आयोजना गर्ने घोषणा समेत गरेको छ ।
नौ दिन सम्म संचालित मेला एक लाख दर्शकले अवलोकन गरेको र ६ करोड ५० लाखको कारोबार भएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ धादिङका कोषाध्यक्ष विश्वराम दुवाडीले जानकारी दिएका छन । मेलामा अपेक्षा गरिएको भन्दा बढिको कारोबार भएको कोषाध्यक्ष दुवाडीले वताए । मेला समापन समारोहमा प्रारम्भिक आर्थिक बिवरण सार्वजनिक गर्दै कोषाध्यक्ष दुवाडीले सो जानकारी दिएका हुन । मेला महोत्सवको समापनका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पुर्वअर्थमन्त्री एवम नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले धादिङ जिल्लाको कृषि उत्पादनलाई व्यवसायिकरण गर्दै पर्यटन र जलश्रोतको प्रवद्र्धनका लागि पनि ठुलो भूमिका पु¥याएको बताएका छन ।
डाक्टर महतले मुलुकको आर्थिक विकासका लागि अव वन्ने सरकारले नयां कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । आर्थिक सम्बृद्धिका लागि निजि क्षेत्रको भूमिका महत्वपुर्ण रहने भएपनि विगतको अस्थिर राजनीतिका कारण निजि क्षेत्र प्रभावित बन्नुपरेकाले आर्थिक सम्बृद्धि रोकिन पुगेको भन्दै अवका दिनमा समस्या समाधान हुने उनले बताए ।
महोत्सवमा विभिन्न जातजाती,समुदायका संस्कृति र परम्परा झल्काउने पहिरन सहितको झांकी,नृत्य प्रस्तुत गर्नुका साथै गुन्द्रुक, ढिंडो, नेपाली ढाकाका उत्पादनहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, शैक्षिक सामाग्री,काष्ठकला सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, कृषि प्रविधि प्रदर्शनी, निर्माण सामग्री, पर्यटन सम्वन्धि जानकारीका साथै इलेक्ट्रोनिक सामग्रीहरु प्रदर्शन गएिका थिए ।
मेलाले जिल्लाको आर्थिक तथा सामाजिक उत्थान गर्नका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याएकाले आगामी बर्ष पनि माघ १५ देखि २३ गते सम्म मेला आयोजना गरिने संघका उपाध्यक्ष गोकुल र।ेग्मीले बताएका छन । धादिङ जिल्लालाई उद्योग, व्यवसाय, प्रविधि तथा कृषि र जडीबुटी क्षेत्रको प्रवद्र्धन केन्द्रको रुपमा अघि बढाउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको र आंफुहरु लक्ष्य प्राप्तिमा पुगेको उद्योग वाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोटीले कार्यक्रममा वताए ।