लडाकुबाट लेफ्टिनेन्ट कर्णेल बने अधिकारी

703 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ -तत्कालिन नेकपा माओवादीमा प्रतिक्षा उप नामले चिनीएका धादिङ मार्पाकका  यमबहादुर अधिकारी माओवादी लडाकुबाट सेनामा समायोजन भएका सबैभन्दा ठूला पदका सैनिक अधिकारी भएका छन । अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले लेफ्टिनेन्ट कर्णेलबाट फुल कर्णेल पदमा बढुवा गरेको हो ।  सेनामा समायोजन हुनेबेला अधिकारीलाई लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी )पद दिइएको थियो।kalsha yaatraa 3

‘अधिकारीले त्यसबेला फुल कर्णेललाई चाहिने सबै तालिम गरिसकेका थिएनन्, अहिले उनले आवश्यक तालिम गरिसकेपछि पूर्व सहमतिअनुसार उनलाई महासेनानी अर्थात फुल कर्णेलमा बढुवा गरिएको’ सेनाको स्रोतले जनाएको छ।

एमाओवादीका पूर्व डिभिजन कमाण्डर अधिकारीकै नेतृत्वमा सेना समायोजन भएको थियो। अधिकारी हाल राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयमा कार्यरत छन्।