हत्यामा संलग्न भएका व्यक्ति पार्टी कार्यकर्ता नभएको नेपाली कांग्रेस धादिङको दावी

765 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२५ माघ – शुक्रवार धादिङको सेमजोङमा हत्या गरिएका नुवाकोट सामरीका पहलमान तामाङका हत्यामा संलग्न भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ ।
एमाओवादी युवा संगठन वाईसियल नेपाल नेवा राज्य समितिले तामाङको हत्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरुको संलग्नता रहेको भन्दै प्रेस बिज्ञप्ति जारी गरेपछि नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीले घटनामा संलग्न भएका व्यक्तिहरु आफ्नो पार्टी कार्यकर्ता नभएको दावी गरेका छन ।
वाईसियल नेवा राज्य समितिले काठमाण्डौ जिल्ला समिति ६ नं. निर्बाचन क्षेत्र इकाइ समितिका सदस्य पहलमान तामाङग ‘पवन’ को हत्यामा नेपाली कांग्रेसका धादिङ र नुवाकोट जिल्लाका कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ । वाईसियल नेवा राज्य समितिका अध्यक्ष रामप्रसाद सापकोटाले हस्ताक्षर गरी जारी गरेको बिज्ञप्तिमा तामाङको हत्यामा धादिङ जिल्ला धुँवाकोट गाविस –१ का २८ बर्षिय राजकुमार तामाङको नेतृत्वमा उनकै भाई नकूल तामाङग,सेमजोङग –८ धाराधिरिका २६ बर्षिय ‘नाचोक’ भनिने साजन गुरुङ, ३० बर्षिय गोले तमाङग सेमजोङ –६ टिकाढुगां का २२ बर्षिय धोवि गुरुङग, सेमजोङ २ गैरा का २१ बर्षिय गोरे तामाङ, र नुवाकोट जिल्ला सामरी गाविस का २४ बर्षिय सोमबहादुर तामाङ समेत हत्याकाण्डमा संलग्न रहेको आरोप लगाएको छ ।
हत्याको खवरले आफ्नो पार्टीलाई समेत दुःिखत वनाएकाले उक्त घटनामा पार्टी कार्यकर्ताको संलग्नता रहेको भनेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको भन्दै नेपाली कांग्रेस धादिङका सभापती अधिकारीले घटनामा संलग्न भएकाहरुलाई उचित कारवाही हुनुपर्ने प्रतिकृया दिएका छन ।
नुवाकोट जिल्ला सामरी गाविस वडा नं. ९ परमाचेत घर भएका तामाङ धादिङग जिल्लाको सेमजोगं गाविस वडा नं. ६, टिकाढूगांमा रहेको आफ्नो ससुरालि घरमा आएको वेला शुक्रवार धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।हत्यामा संलग्न भएको आशंकामा धादिङवाट खटिगएको प्रहरी टोलीले १० जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक दिपेन्द्र पंजियारले जानकारी दिएका छन । हत्या गरिएका तामाङको शनिवार जिल्ला अस्पताल धादिङबेसीमा शवपरिक्षण गरि उनको शव आफन्तहरुलाई बुझाईएको प्रहरीले जनाएको छ ।