केटी जिस्क्याएको निहुँमा झडप

515 पटक पढिएको

सम्पादक: Dhadingnews.com

आरुघाट – केटी जिस्क्याएको विषयमा विवाद बढ्दै जाँदा गोरखाको आरुघाटमा दुई पक्षबीच झडप भएको छ । झडपमा एकजना घाइते भएका छन् ।

स्थानीय भीमोदय उच्च माविमा कक्षा ११ मा पढ्ने छात्राहरुलाई जिस्क्याएको विषयमा विवाद बढ्दा केटी पक्षले आक्रमण गरि जिस्क्याउने मध्येका एक युवकलाई घाइते बनाइदिएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ ।

विद्यालयको प्रवेशद्धार नजिकै चटपटे खान निस्किएकी छात्रालाई सँगै पढ्ने युवाहरुले “हामीलाई पनि चटपटे खुवाउन” भन्दै जिस्क्याएको प्रहरीले जनाएको छ ।

त्यसे विषयमा विद्यालय प्रशासनले छलफल गरिरहेका बेला विद्यालय परिसरमा पुगेका केटी पक्षले जिस्क्याउने युवकमाथि हातपात गरेको प्रहरीले जनाएको छ । युवकको च्यापुमा चोट लागेको र अनुहार सुन्निएको इप्रका आरुघाटले जनाएको छ ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । दुवै पक्षका ३ जनालाई नियन्त्रणमा लिइएको र भोली मिलापत्र गरेर छाडिने प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिनुभएको छ ।

उज्यालो अनलाईनबाट