जिल्ला प्रहरी कार्यालयमै महिला अधिकारकर्मी माथि दुव्र्यवहार भएको आरोप

634 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ २७ माघ –महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङले सोमवार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षकले अधिकारकर्मीहरु माथि र्दुव्यवहार गरेको आरोप लगाएको छ । संजालका जिल्ला अध्यक्ष अम्विका रुपाखेतीद्धारा हस्ताक्षर गरि जारी गरिएको प्रेस बिज्ञप्तिमा ‘ महिला मानवधिकार रक्षकहरुको राष्ट्रिय संजालका सदस्य राधिका सापकोटालाई प्रहरी निरिक्षक बालकृष्ण पोखरेलले तपाई बाहिर जानुस्, हामी पीडितसंग कुरा गछौं, मुद्धा दर्ता गर्ने नगर्ने हाम्रो कुरा हो , हाम्रो कार्यालयमा आएर हस्तक्षेप गर्ने के तरिका हो तपाईहरुको भनेर जबरजस्त कार्यालयबाट बाहिर निकाल्ने र दुर्व्यहार गर्ने काम गरेको भन्दै संजालले घटनाको भत्सर्ना गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । यता प्रहरी निरिक्षक पोखरेलले उक्त आरोप सत्य नभएको प्रतिकृया दिएका छन । धादिङन्युज डट कमलाई प्रतिकृया दिंदै प्रहरी निरिक्षक पोखरेलले आंफुले कसैको मानमर्दन नगरेको र आफ्नो आशय कसैलाई अपमान गर्नु नभएको वताएका हुन । यता संजालले भने यस भन्दा अघि पनि जिल्ला प्रहरी कार्यालयमा पीडितहरुको सहयोगको लागि जाँदा महिला मानवधिकार रक्षक गायत्रि खतिवडालाई पटक पटक दुर्व्यवहार गर्ने काम भएको बिज्ञप्तिमा जनाईएको छ ।
                  संजालद्धारा जारी गरिएको बिज्ञप्ति यस प्रकार रहेको छ ।

महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल, धादिङ

                                                                 मिति ः २०७०।१०।२७
प्रेस विज्ञप्ती

मिति २०७० माघ २३ गते जोगिमारा गाविसकी एक किशोरीलाई मुग्लीनबाट जोगिमारा आउने क्रममा उनी चढेको ट्रक ड्राइभरले जोगिमारा ओर्लने ठाउँमा नरोकी मझिमटारमा रहेको कर उठाउने ठाउँमा कर पनि नतिरी गलत बाटोबाट गाडी कुदाएर लगेपछि किशोरी कराउने चिचाउने गर्दा गाडीको वत्ति वन्द गर्ने, ठूलो स्वरमा गीत वजाउने गरेर मझिमटार वजार कटाउन लागेपछि गुढिरहेको ट्रकको झ्यालबाट किशोरी हामफालेर घाइते भएको घटनामा पीडितले आफुलाई जबरजस्ती करणी गर्ने उद्देश्य राखी नियन्त्रणमा लिई अपहरण गरेको भनी उजुरी दिदा २ दिन सम्म प्रहरीले सार्वजनिक अपराधमा मुद्धा लेखेर ल्याउने भए दर्ता गर्ने नत्र नगर्ने भनेर मुद्धा दर्ता गर्न नमानेपछि पीडितहरुले महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाललाई सहयोगको लागि अनुरोध गरेका कारण महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालका केन्द्रिय सदस्य राधिका सापकोटा, जिल्ला अध्यक्ष अम्बिका रुपाखेती र कोषध्यक्ष गायत्रि खतिवडा समेत मिति २०७० माघ २७ गते जिल्ला प्रहरी कार्यालय पीडितको सहयोगका लागि गएका थियौँ । पीडित र महिला मानवअधिकार रक्षकहरुले सो घटना हेरिरहेका प्रहरी निरिक्षकसंग यो घटना के हुन्छ ? दर्ता हुदैन ? भनेर सोध्दा सार्वजनिक अपराधमा ल्याए दर्ता हुन्छ नत्र हुदैन नभए डि.एस.पी संग कुरा गर्नु भनेपछि डि.एस.पीसंग भेट्न खोज्दा उहाँ कार्यकक्षमा नभएका कारण भेट हुन सकेन । प्रहरी नायव निरिक्षकलाई भेट्नका लागि कुरिरहेको अवस्थामा प्रहरी निरिक्षकले पीडितलाई आफ्नो कार्यकक्षमा वोलाएपछि पीडित एक्लै आतिने हुनाले उनको आमा र ठुलो आमालाई पनि संगै जानका लागि महिला मानवअधिकार रक्षकहरुले नै भने । पीडित र उनका आफन्तहरुले महिला मानवधिकार रक्षकहरुलाई आफुहरुलाई केही थाहा छैन प्रहरीले भनेको वुझ्दैनौ त्यसैले तपाईहरुले हामीलाई एक्लै नछोडिदिनु भनेका कारण महिला मानवधिकार रक्षकहरुको राष्ट्रिय संजालका सदस्य राधिका सापकोटा पीडितहरुलाई राखिएको प्रहरी निरिक्षकको कार्यकक्षमा जाँदा प्रहरी निरिक्षक बालकृष्ण पोखरेलले तपाई बाहिर जानुस्, हामी पीडितसंग कुरा गछौं, दर्ता गर्ने नगर्ने हाम्रो कुरा हो , हाम्रो कार्यालयमा आएर हस्तक्षेप गर्ने के तरिका हो तपाईहरुको भनेर जबरजस्त कार्यालयबाट बाहिर निकाल्ने र दुर्व्यहार गर्ने काम गरेको कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं । यस भन्दा अघि पनि जिल्ला प्रहरी कार्यालयमा पीडितहरुको सहयोगको लागि जाँदा महिला मानवधिकार रक्षक गायत्रि खतिवडालाई पटक पटक दुर्व्यवहार गर्ने काम भएको छ ।
२०६६ सालमा गठन भएको महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालले स्थापनाकाल देखि नै जिल्लामा महिला हिंसा विरुद्धको अभियान संचालन गर्ने, हिंसा पीडित महिलाहरुको न्यायका लागि पैरवी गर्नुका साथै हिंसा पीडित महिलाहरुलाई पुर्नस्थापना गर्ने कार्य समेत गर्दै आइरहेको छ । निरन्तर रुपमा आफ्नो ज्यान जोगिममा राखेर काम गरिरहेका महिला मानवअधिकार रक्षकहरुप्रति राज्यको जिम्मेवार निकाय प्रहरी कार्यालय भित्रै राज्यको जिम्मेवार प्रतिनीधि प्रहरी निरिक्षकले गरेको दुर्व्यवहारले हामीलाई अत्यन्तै मर्माहात र गम्भिर वनाएको छ । यो घटनाको छानविन गरी तत्काल दोषि माथि कार्वाही गर्न माग गर्दै महिला मानवअधिकार रक्षकहरुलाई सहज रुपमा सम्मानित तरिकाले काम गर्ने वातावरण निमार्ण गर्नका लागि समेत सबै पक्षसंग अनुरोध गर्दछौं ।

अम्बिका रुपाखेती
अध्यक्ष