धादिङ जिल्लामा कार्यरत महिला अधिकारकर्मी र प्रहरी बिच सम्वन्ध चिसिंदैं

602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – धादिङ जिल्लामा कार्यरत महिला अधिकारकर्मी र जिल्ला प्रहरी कार्यालय बिच सम्वन्ध चिसिन थालेको छ । विभिन्न घटनामा परि समस्या भोग्न वाध्य महिलाहरुको पक्षमा वकालत गर्दै आईरहेको महिला मानवअधिकार रक्षक संजालका प्रतिनिधि र प्रहरीका बिच चिसोपना बढ्ेकै कारण महिलामानवअधिकार रक्षकहरुमाथी प्रहरीले कार्यालय भित्रै वेवास्ता गर्दै अपमानजनक व्यवहार गरेपछि अधिकारकर्मीहरुले आंफुहरु माथि प्रहरीले दुरव्यवहार गरेको महसुस गरेका हुन । प्रहरीवाट अधिकारकर्मी महिलाहरु माथि दुव्र्यवहार भएको आरोप लागेको भोलिपल्ट अधिकारकर्मी महिलाहरुले मुद्धा दर्ता गर्न आग्रह गर्दा ढिलाई गरेको प्रहरीले जिल्ला प्रशासन कार्यालयको आदेशमा उक्त मुद्धा दर्ता गरेको छ ।
सोमबार साँझ पीडित महिलाको अनुरोधमा सहयोगको लागि जिल्ला प्रहरी कार्यालय पुगेका महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य राधिका सापकोटा, जिल्ला सञ्जालका अध्यक्ष अम्बिका रुपाखेती र कोषाध्यक्ष गायत्री खतिवडालाई जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमै रहेका प्रहरी निरिक्षक बालकृष्ण पोख्रेलले अपशब्द बोल्दै दुरव्यवहार गरेकोआरोप लागेको थियो । प्रहरी निरिक्षक पोखरेलले भने आंफुले कसैलाई अपशव्द नवोलेको रकसैको मानमर्दन गर्ने नियत नराखेको प्रतिकृया दिनुभएको छ ।
माघ २३ गते जोगिमारा गाविसकी एक २१ वर्षीया किशोरीलाई मुग्लीनबाट जोगिमारा आउने क्रममा उनी चढेको ट्रक ड्राइभरले ओर्लने ठाउँमा नरोकी, जोगिमाराको मझिमटारमा रहेको कर उठाउने ठाउँमा कर समेत नतिरी गलत बाटोबाट गाडी कुदाएर लगेका कारण पीडित किशोरी कराउने चिचाउने गर्दा गाडीको वत्ति वन्द गर्ने गरेर ठूलो स्वरमा गाडीको क्यासेटबाट गीत वजाएर वजार कटाउन लागेपछि गुडिरहेको ट्रकको झ्यालबाट हामफालेर घाइते भएकी भनिएकी पीडितले आफुलाई जबरजस्ती करणी गर्ने उद्देश्य राखी नियन्त्रणमा लिई अपहरण गरेको भनी उजुरी गर्न पीडितको अनुरोध बमोजिम प्रहरी कार्यालय पुग्दा आफूहरुमाथी प्रहरीले दुरव्यवहार भएको महिला मानवअिधकार रक्षक राधिका सापकोटाले बताउनुभयो ।
आफूहरुमाथी दुरव्यवहार भएको महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङका अध्यक्ष अम्बिाका रुपाखेतीले पेस विज्ञप्ती प्रकाशन गरि घटनाको छानविन गरी तत्काल दोषि माथि कार्वाही गर्न माग गर्दै महिला मानवअधिकार रक्षकहरुलाई सहज रुपमा सम्मानित तरिकाले काम गर्ने वातावरण निमार्ण गर्नका लागि माग गर्नु भएको थियो । पीडितको तर्फृबाट जबरजस्ती करणी प्रयास र अपहरण सम्बन्धी मुद्धा दर्ता गर्न पीडितहरुले लेखेर लगेको निवेदनलाई प्रहरीले पटक पटक फर्काएको र सार्वजनिक अपपराध बाहेक मुद्धा दर्ता नगर्ने प्रहरीको भनाइ पछि पीडितहरुले मुद्धा दर्ता गर्न सकेका थिएनन् ।
आफ्नो मुद्धा दर्ता नभएकोले मुद्धा दर्ता गरि अपराधमा सम्लग्न ना ४ ख ८३४२ न.ं गाडी चालक धुषा गाविस–१ चरौँद निवासी ३५ वर्षीय रामबाबु वि.क. लाई कारबाहीको माग गर्दै मंगललबार जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षको तर्फबाट जाहेरी दर्ता गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलको आदेशमा प्रहरीले १३१ न.ं मा अपहरण र जबरजस्ती करणी मुद्धा दर्ता गरेको हो । जिल्ला प्रशासनको पत्र प्रहरी कार्यालयमा पुगेपछि पनि प्रहरीले सार्वजनिक अपराधमै मुद्धा ल्याउन दवाव दिएको थियो । पीडित परिवारले आफूहरु मुद्धा नफेर्ने बताएका थिए । प्रहरी कार्यालयमा मुद्धा दर्ता भएपछि पीडित परिवारलाई एनसेलको नम्बरबाट फोन गरेर मुद्धा दर्ता नगर्न धम्की दिएको बताएका छन् । प्रहरीले अभियुक्त र ट्रकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरि जिल्ला प्रशासन कार्यालयको आदेश पछि पिडा गाविसकी क ५४ वर्षीया महिलामाथी बलात्कार गर्न प्रयास गर्ने विरुद्ध मुद्धा दर्ता गरिएको छ ।