खानेपानी तथा सरसफाइ समितिको समिक्षा तथा योजना तर्जुमा

539 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धुषा-धादिङको धुषा गाउँ विकास समितिको वडा नमवर १ चरौँदीमा खानेपानी तथा सरसफाइ समिति धुषाको समिक्षा तथा योजना तर्जुमा कार्यक्रम  सम्पन्न भएको छ । धुषा गाउँ विकास समितिका सचिव राजेशुकमार लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतीक दलका प्रतिनिधि, आमा समूह सञ्जाल धुषाका प्रतिनिधि र सरसफाइ समितिका पदाधिकारीहरु गरी १५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा धुषा गाउँ विकास समितिको सरसफाइको अवस्था, खानेपानी तथा शौचालयको अवस्थाका विषयमा छलफल गरिएको थियो । यसै गरी गा.वि.स. सचिव, राजनैतिक दल तथा आमा समूह सञ्जालका प्रतिनिधि र खानेपानी तथा सरसफाइ समिति धुषाका पदाधिकारीहरुको सक्रियतामा फागनु ११ गतेसम्ममा धुषा गा.वि.स.मा शौचालय निर्माण कार्य सम्पन्न गर्ने निर्णया भएको छ । शान्ति नेपालको आयोजनामा भएको कार्यक्रमम फागुनको ३० गते सम्ममा धुषा गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गन विषयमा पनि छलफल भएको छ । कार्यक्रममा शान्ति नेपालका कार्यक्रम संयोजक भिम कुमारी श्रेष्ठ, सामुदायिक स्वास्थ्य सहजकर्ता विष्णुमाया चेपाङ, सामुदायिक विकास सहजकर्ता सम्झना श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।