जीवनको गोरेटोमा २४ बर्ष पहिलेका ति दिनहरु

736 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-टंकलाल श्रेष्ठ
समय २०४४साल चैत ११गते बारथाहा हुन सकेन । SAM_0089म बागेश्वरी माध्यामिक विद्यालय बैरेनी बजारमा कक्षा ९मा अध्ययनर विद्यार्थी थिएँ । त्यस बखत तत्कालिन ने.क.पा. मालेको जनवर्गाीय संगठन अनेरास्ववियु सातौँ जिल्ला सम्मेलन आयोजक समितिको सदस्यमा थिएँ । त्यस बखत हाम्रो नवौँ राष्ट्रिय सम्मेलन काठमाण्डौँमा भव्यताका साथ सम्पन्न हुन गइरहेको थियो । त्यसपरिवेशमा इलाका स्तरिय कविता वाचन गर्ने केन्द्रीय आयोजक कमिटीको सर्कुलर थियो । सोही सर्कुलर अनुसार बैरेनी बजारको पुछारमा रहेको महेश दोभान चौतारामा हाम्रो कविता वाचन गर्ने स्थलको तयारी भैरहेको बेला समय जोखिमपूर्ण छ । कार्यक्रम विचार गरेरमात्र गर्नु भन्ने जानकारी आयो । त्यो पनि गोप्य माध्यमबाट जबकी त्यस बखत त मोबाइल हुन्थ्यो, न त टेलिफोन, मात्र जिल्ला प्रशासन कार्यालयमा एकमात्र टङ्कल सेवा थियो । अनुशासन भने अति नै दरिलो हुन्थ्यो । आफुभन्दा माथिल्लो कमिटीका साथी टाढा गएको बेला भइपरि आउने कुन पनि किसिमको समस्याको बारेमा पहिला नै समिक्षा गरिन्थ्यो । यस प्रकारको अवस्था आयो भने यो बाटो अपनाउनु है भनेर विभिन्न खालका बिकल्प निकालेर मात्र कार्यक्रम अगाडी बढाइन्थ्यो । किनकी तत्कालिन पञ्चायत व्यवस्थाको बर्बरता र दमनको बाबजुद विद्यार्थी वर्गमा आफ्नो सन्देश पु¥याउनु थियो । त्यही परिवेशमा कविता गोष्टी गर्नको लागि इलाकाको सबै साथीहरु भेला भएका थिए । कविता गोष्टी नगर्ने जानकारी आएपछि हामीले सो कविता वाचन कार्यक्रम स्थगित राख्यौँ । हामीहरुले देखिरहेको थियौँ कि पञ्चायतका हुक्के, चिलिमे, बैठकेहरु, छातेहरु हामीहरुले के गर्छन् भनेर चियो चर्चो गर्दै थिए । ति व्यक्तिहरु आज आएर कुनै राजनिति दलको कार्यकर्ता पनि दरिलो मात्र नभएर फलामे कार्यकर्ता नै बन्न पछि परेका छैन । कार्यक्रम स्थगित भएपछि म विद्यालयले दिएको छात्रवास कोठामा म बसी रहेको थिएँ । त्यस बखत काठमाण्डाँैबाट राष्ट्रिय सम्मेलन सकेर आउनु भएको साथीहरु कृष्ण राना मगर, अच्युत नेपाल, टिका सिलवाल टुप्लुक्क आइपुग्नुभयो । त्यसपछि सम्मेलन सफलताको समिक्षा गरियो । मैले खाना पकाएँ । चारैजनाले खाना खायो । त्यसपछि साथीहरुले भन्नुभयो, हाम्रा सामानहरु अन्यत्र लानुपर्छ । त्यही सल्लाह अनुसार सामान लिएर २८ किलो यानिकी हालको मास्टार तर्फ लाग्यौँ । जब मास्टारको सिरान घरको आगनमा पुगेका थियौँ । अगाडीबाट जुन लागेको बेलामा टर्च बालेर एकजना मानिस आयो । मेरो मुखमा टर्च बाल्यो । साथी आएको भनेर टर्च नबाल्नुस् न मैले भनेँ तर त्यो मानिस प्रहरी रहेछ । म लगायत ५ जना साथीहरु विष्णु सेढाईँ, किशोर ढुङ्गाना, रामकृष्ण श्रेष्ठ, भोजनारायण श्रेष्ठ साथै म टंकलाल श्रेष्ठ गरी ५ जना प्रहरीको हिरासतमा आइपुग्यौँ । प्रहरी हिरासतमा हामीलाई यति धेरै यातना दिइयो ,जुन कुरा सम्झंदा अहिले आङ सिरिङग हुने गर्छ । हामीलाई त्यसरी मरणासन्न हुने गरी यातना दिने प्रहरी टाढाका थिएनन उनि त्यहि वैरेनी वजारका वासिन्दा भईसकेका थिए । नुवाकोट जिल्लाको तारुका पुख्र्यौली गाउं भएपनि बुढाथोकी हवल्दारका नामले चिनिने गंगा बुढाथोकी त्यतिवेला बैरेनी चौकीको हवल्दार थिए । जतिवेला त्यो चौकीको उनि प्रमुख नै थिए । शरिरमा जथाभावी फलामको डण्डिले वाराम्वार हिर्काउंदै उनि हामीलाई भन्थे – पञ्चायत व्यवस्था मेरो बाउ हो, मेरो आमा हो ,तिमिहरु मर्लाउ भन्ने मलाई कुनै चिन्ता छैन तर पञ्चायत बिरुद्ध लाग्ने लाई म त्यसै छाडदिन भन्दै उनले हामीलाई चौकीमा राखेर रात भर यातना दिएका थिए ।
बुढाथोकी हवल्दारको बाबाु आमा ढलेको पनि २४ वर्ष बितिसक्यो । उमेरले नेटो काट्दै गएकाले उनि पनि आफ्नो विगतको अपराधको पश्चाताप गरिरहेका छन या । त्योअपराधमा संलग्न हुन पाएकोमा खुसी मनाईरहेका छन त्यो उनै जानुन । गल्छीको उकालोको मोटरले फालेको धुँवा,धुलो खाएर दिन गनेर भने बस्दैछन् । हिजोका सिंह आज कठैवरा देखिन्छन ति बुढाथोकी हवल्दार । मलाई मार्न खोज्ने व्यक्ति भएपनि उनि देखेर मलाई माया लाएर आउँछ । पक्राउ परेको भोलिपल्ट चैत १२ गते हामीलाई ठुलै अपराधीजस्तो व्यवहार गर्दै गजुरी इलाकामा लगेर छाडियो । २ दिन गजुरीमा राखी चौथो दिनमा जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा ल्याईएको थियो । यतिवेला सम्म हाम्रो शरिरमा घाउ चोट नलागेको कुनै ठाउं थिएन,मुख र नाकवाट रगतका धारा छुटेका थिए । बुढाथोकी हवल्दार जतिको क्रुर अरु नदेखिएपनि हामी त्यतिबेला अराजक तत्वका रुपमा चिनिएका थियौं । प्रहरी प्रशासनका केही व्यक्तिले हामीलार्इृ सम्झाउथे यति कलिलो उमेरमा राजनिती यात्रा सुरु गर्नु राम्रो होइन ,यो पढ्ने उमेर हो भन्दथे । उनिहरुले जे भनेपनि हामीले कुनै अपराध गरेका थिएनौं,एउटा बैधानिक बिद्यार्थी संगठनको कार्यकर्ता भएर आफ्नो बिचारको संरक्षण गरेका थियौं । पञ्चायती शासकका आसेपासेहरुको यातनावाट हामी बिचलित भएनौं । यहि घटनाले हामीलाई धादिङबासी विद्यार्थीका बिच चिनाउने मौका मिलेको थियो ।

गोगनपानी – २ धादिङ