प्रेस युनियन धादिङको अधिवेशन फागुन ९ मा

779 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–नेपाल प्रेस युनियन जिल्ला शाखा धादिङको जिल्ला अधिवेशन यही फागुन ९ गते जिल्ला सदरमुकाम धादिङ बेसीमा हुने भएको छ । download
नेपाल प्रेस युनियन जिल्ला शाखा धादिङको विहीबार बसेको बैठकले फागुन नौ गते छैठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको युनियनका जिल्ला अध्यक्ष मुरारी अधिकारीले वताएका छन । नेपाल प्रेस युनियन जिल्ला शाखा धादिङको अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेल, नेपाली काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारी, नेपाली काँग्रेसका नेता एवं सभासद दीलमान पाख्रिन लगायतको सहभागिता रहने पनि अध्यक्ष अधिकारीले जानकारी दिएका छन ।