दामन पाख्रिन स्मृति पत्रकारिता पुरस्कार हरिहर विरहीलाई

967 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–नेपाली समाजमा युगन्तकारी परिवर्तनका लागि अहम् भूमिका निर्वाह गर्नु भएका धादिङका क्रान्तिकारी नेता दामन पाख्रिन तामाङको सम्मानमा नेपाल प्रेस युनियन जिल्ला शाखा धादिङले स्थापना गरेको दामन पाख्रिन स्मृति पत्रकारिता पुरस्कार यस बर्ष नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिने भएको छ । download (1)युनियनको पाचौँ अधिवेशनमा गरिएको निर्णय अनुसार मुरारी अधिकारीको संयोजकत्वमा गठित सितारम प्रसाद बर्मा र राजेन्द्र प्रताप शाह सम्लग्न समितिले सो निर्णय गरेको हो । पुरस्कार तथा सम्मान फागुन ९ गते युनियनको जिल्ला अधिवेशन उद्घाटन सत्रमा प्रदान गरिने छ । महासंघका पुर्व अध्यक्ष विरहीले नेपाली पत्रकारिता उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ ।