धादिङमा लखन थापाको स्मृत्ति स्मृत्ति दिवस

609 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ २ फागुन- नेपालका प्रथम शहिद क्याप्टेन लखन थापाको १ सय ३७ औं स्मृत्ति दिवस धादिङमा पनि मनाईएको छ ।
SAM_0628नेपाल आदिवासी जनजाती महासंघ जिल्ला शाखा धादिङले शुक्रवार धादिङबेसी लखनथापा चोकमा रहेको थापाको शालिकमा माल्यापर्ण तथा चियापानको आयोजना गर्दै स्मृति दिवस मनाएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको स्मृति दिवसमा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि,जातीय संघ संगठनका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम महासंघका जिल्ला अध्यक्ष हरिशंकर गिदेलमगरको अध्यक्षतामा सम्पन्न भएको हो ।