बस दुर्घटनामा ११ घाइते

518 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, फाल्गुन ३ – शनिबार बिहान काठमाडौंबाट बुटबल तर्फ जाँदै गरेको लु १ ख ७३३७ नम्बरको बस नौबिसे-१ धार्के कर काउण्टर नजिकै सडकमा दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार दुर्घटनामा घाइते हुनेमा ८ पुरुष, दुई महिला र एक बालक रहेका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर छ । बसका सहचालक नवलपरासीका मिनबहादुर भुषाल र ३५ वर्षीय बुटबल ११ का  कृष्णमान हमाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

सबै घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाईएको चन्दले बताए ।

 ई कान्तिपुर डट कम