प्रधानाध्यापक गोष्ठीमा ११ वुदे साझा प्रतिवद्धता

784 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेशी – नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजनामा धादिङ जिल्लामा जुनियर रेडक्रस सर्कल गठन भएको विद्यालका प्रअ.हरुको गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा रेडक्रस गतिविधि बिषयमा जिल्ला रेडक्रस मन्त्री सिताराम कोईराला, जुनियर÷युवा रेडक्रस नीति तथा कार्यक्रम विषयमा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य एवं जिल्ला रेडक्रस सदस्य कृष्णकुमार श्रेष्ठ र जिल्ला जुनियर÷युवा गतिविधिका वारेमा जिल्ला रेडक्रस उपसभापति नारायण प्रसाद तिमल्सेनाले कार्यपत्र पस्तुत गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति इश्वरी अधिकारीको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीबाट ११ वुधे साझा प्रतिवद्धता पारित गरेको थियो ।
साझा प्रतिवद्धताहरु
१. शैक्षिक सत्र सुरु भएको २ महिना भित्र जुनियर÷युवा सदस्यता प्रदान÷नविकरण गरी साधारण सभा गरी जुनियर÷युवा समिति गठन÷पुर्नगठन गर्ने ।
२. जुनियर÷युवा रेडक्रस सर्कलले गुर्न पर्ने न्यूनतम वैदानिक दायित्य पुरा गर्ने ।
३. जिल्ला ÷उपशाखा स्तरीय जुनियर÷युवा रेडक्रस गोष्ठीमा सहभागीता गराउने ।
४. वर्षमा १ वटा रेडक्रस अभिमुखिकरण कक्षा संचालन गर्ने ।
५. वर्षमा १ वटा रेडक्रसको विषयमा प्रतियोगीता संचालन गर्ने ।
६. जुनियर÷राष्ट्रिय रेडक्रस÷विश्व रेडक्रस दिवस मनाउने ।
७. सर्कलको संस्थागत विकासको लागि स्थानीय निकाय, संघ÷संस्था संग समेत समन्वय÷सहयोग÷सहकार्य गर्ने
८. आगामी वर्ष देखि प्र.अ.÷जुनियर गोष्ठी क्षेत्रीय रुपमा संचालन गर्ने ।
९. जुनियर रेडक्रस सर्कलको माग अनुसार विद्यालयको व्यवस्थापनमा सर्कलका सदस्यहरुलाई समेत प्राथमिक उपचारक तालिम प्रदान गर्न जिल्लाले पहल गर्ने ।
१०. यस वर्ष संचालन गर्नु पर्ने जिल्ला जुनियर÷शिक्षक नायक गोष्ठी जिल्ला जुनियर÷युवा समितिको निर्णायानुसार वैशाखको तेस्रो हप्तामा संचालन गर्ने ।
११. जुनियर सर्कल गठन पश्चात वार्षिक कार्ययोजना निर्माण गरी उपशाखा÷शाखामा पठनउने ।