धादिङमा महिलाहरुले शव उठाए

506 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, – महिला पनि पुरुषभन्दा केही कम छैनन् भन्ने उदाहरण सल्यानकोट गाउँ विकास समिति वडा नं ५ र ३ वडाका दलित महिलाले गरेर देखाएका छन्।

मानिस मरेपछि शवलाई महिलाले छुन हुँदैन भन्ने मान्यतालाई तोड्दै आइतबार महिलाहरु शव बोकेर मलामी गएका छन्। विभिन्न सञ्चारमाध्यममा महिलाहरु मलामी गएका कुरा सुन्दै आएपनि धादिङका लागि भने यो पहिलो घटना हो। सल्यानकोट गाउँ विकास समिति वडा नं ५ निवासी कृष्णबहादुर नेपालीको मृत्युमा ती महिलाहरु पुरुषसरह दाहसंस्कार कार्यमा सहभागी भएका छन्।

महिलाले बोकेको शव हेर्न स्थानीय बासिन्दाको भिड नै लागेको थियो। महिला हक अधिकारका कुरा उठिरहँदा सल्यानकोटका दलित महिलाहरुले अधिकारसँगै कर्तव्यप्रति पनि सजग भएको बताएका छन्। आँखुखोलामा गरिएको दाह संस्कार कार्यमा पुरुषसरह सहभागी भई महिलाले पुरुषभन्दा महिला पनि कुनै काममा कमी नभएको यस घटनाबाट पुष्टि गरेका हुन्।