धादिङमा १६ करोडको सुन्तला बिक्री

546 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ,- सुन्तला खेतीका लागि प्रख्याती कमाउंदै गएको धादिङ जिल्लामा यस वर्ष करिव १६ करोडको सुन्तला बिक्री भएको छ ।
गत बर्षहरुको तुलनमा सुन्तला उत्पादनमा बृद्धि भएपछि विगतका बर्षमा निकै घाटा वेहोरेका किसानहरुले यस बर्ष राम्रो आम्दानी लिन सकेका हुन । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको धादिङमा अहिले जोगिमारा गाउँ विकास समितिको वडा नम्बर २ र ४ जवाङमा एकसय ६५ हेक्टर, धुषा गाविसको वडा नम्बर ७, ८ र ९ स्यादुलमा सय हेक्टर, महादेवस्थान गाविसको वडा नम्बर १ र २ घैराङमा सय हेक्टर, नलाङ गाविसको वडा नम्बर १, ५ र ६ मा २५ हेक्टर र ज्यामरुङ गाविसको वडा नम्बर ७, ८ र ९ मा गरी २० हेक्टर लगायत अन्य क्षेत्रमा पनि व्यवसायिक रुपमा सुन्तला उत्पादन भैरहेको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।
विगका वर्षमा केही स्थानमा सुन्तला फूल खेल्दै गर्दा असिना पानीको कारणले क्षती पु¥याउनुका साथै केही बगैंचामा बोट सुक्ने रोग देखापरेका कारण घाटा बेहोरेका किसानहरुले यस वर्षभने राम्रो आम्दानी लिन पाएको वताएका छन ।
गत वर्ष जिल्लाबाट ८ करोडको सुन्तला बिक्री भएकोमा यसबर्ष उत्पादन दोब्बर भई १६ करोडको सुन्तला बिक्री भएको प्रारम्भिक अनुमान गरिएको कृषि विकास कार्यालय धादिङले जनाएको छ । गत वर्ष जोगिमारा गाविसको जवाङबाट मात्र चार करोडको सुन्तला बिक्री भएको थियो । यसै बिच सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिएको धादिङको धुषाको स्यादुल, जोगिमाराको जवाङ, महादेवस्थानको घैराङ लगायतका स्थानका सुन्तला खेतीमा देखिने समस्या समाधान गराउन नेपाल सरकार कृषि विकास मन्त्रालय फलफूल निर्देशनालय र सुन्तलाजात विकास कार्यक्रमका विशेषज्ञहरु सक्रिय हुन थालेका छन ।