बिरहीलाई दामन पाख्रिन स्मृति पुरस्कार

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,९ फागुन- नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई धादिङमा दामन पाख्रिन स्मृति पत्रकारिता पुरस्कारवाट सम्मान गरिएको छ ।
Copy of DSC03846नेपाल पे्रेस युनियन धादिङको छैटौं जिल्ला अधिबेशनको अवसर पारेर विरहीलाई शुक्रवार धादिङबेसीमा १० हजार एक सय १ रुपैया राशीको दामन पाख्रिन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम प्रचार विभाग प्रमुख डाक्टर मिनेन्द्र रिजालले पत्रकार विरहीलाई ताम्रपत्र र नगद प्रदान गरेका थिए । पञ्चायती शासनका बिरुद्ध लागेका कारण २०१७ सालमा निर्वासनमा बस्न वाध्य पारिएका स्वर्गिय पाख्रिन प्रजातान्त्रिक आन्दोलनका क्रान्तिकारी अगुवा मानिन्छन । लामो समय सम्म नेपाली कांग्रेस धादिङको नेत्तृत्वमा रहेका पाख्रिनको स्मृत्तिमा दामन पाख्रिन स्मृत्ति प्रतिष्ठान स्थापना गरिएको छ । सोहि प्रतिष्ठानले प्रत्येक तीन बर्षमा वितरण गर्ने गरी प्रेस युनियन धादिङका लागि दामन पाख्रिन स्मृत्ति पत्रकारिता पुरस्कारको घोषणा गरेकोमा पहिलो पटक नेपाल प्रेस युनियन धादिङले बरिष्ठ पत्रकार विरहीलाई प्रदान गरेको हो । पुरस्कार ग्रहण गर्दै विरहीले निर्वासनमा रहेका वेला पाख्रिन संग सहकार्य गरेर आन्दोलनका जिम्मेवारी वहन गरेको स्मरण गराएका थिए ।
पुरस्कार वितरण कार्यक्रममा दामन पाख्रिनका छोरा सभासद दिलमान पाख्रिन, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष किरण पोखरेल, पुर्व सांसद एवम नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारी, अग्रज पत्रकारहरु कविर राणा,नवराज लम्साल,ऋषि धमला लगायतको आतिथ्य रहेको थियो । प्रेस युनियन धादिङका अध्यक्ष मुरारी अधिकारीको अध्यक्षतामा शुरु भएको अधिबेशनले आगामी तीन वर्षका लागि नयां कार्य समितिको चयन गर्नेछ ।