धादिङ आगिन्चोक समितिमा पुनः पन्त

629 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पोखरा,- धादिङ पोखरा सम्पर्क समिति आगिन्चोक एकाई समितिको प्रथम साधारणसभा एवं अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । 1380606_636704536382178_1474874737_nगत भदौ १ गते गठन भएको संस्थाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको हो । अधिवेशनले हरि पन्तलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा सुदर्शन बसौला, सचिवमा सुवास पाण्डे, सह–सचिवमा नविन थपलिया, कोषाध्यक्षमा कृष्णप्रसाद थपलिया चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा सुमन श्रेष्ठ, टेकबहादुर थपलिया, कमला श्रेष्ठ, रामप्रसाद त्रिपाठी, मोहनप्रसाद थपलिया, गोकुलबहादुर बसौला चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडाले धादिङवासीहरूको हक हितका लागि आगिन्चोक समिति जस्तो अन्य गाविसस्तरीय समिति पनि गठन गर्नुपर्ने खाँचौ औंल्याउँदै पोखरामा रहेका धादिङवासीले बद्नाम हुने काम नगरी इमान्दारीपूर्वक आफ्नो गतिविधि अघि बढाउन आग्रह गरे । समितिका सल्लाहकार परिषदका अध्यक्ष रुद्र खनालले धादिङवासीहरू एकजुट हुन सके पोखरामा नमूना काम गर्न सकिने बताए । धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठकले धादिङवासीहरू एकजुट भएर सामाजिक गतिविधिलाई अघि बढाउनुपर्ने बताए । कार्यक्रममा नलाङ एकाईका सचिव मेघबहादुर न्यौपाने, खरी एकाईका अध्यक्ष शेरबहादुर अधिकारी, संस्थाका सल्लाहकार कृष्णराम अधिकारी लगायतले पोखरामा रहेका धादिङवासीहरू बीच एकताको खाँचो औंल्याएका थिए ।
संस्थाका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्य रेशम सिंखडाले गरेका थिए भने संचालन सल्लाहकार सुदर्शन बसौलाले गरेका थिए । त्यस अवसरमा सचिवको प्रगति प्रतिवेदन सुवास पाण्डे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णप्रसाद थपलियाले प्रस्तुत गरेका थिए ।