घरेलुहिंसा पीडित महिलाद्वारा उजुरी

462 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ -चैनपुर गाविस-१ तल्लोरामपुरकी १८ वर्षीया जुना परियारले १ वर्ष ६ महिनाको बच्चा समेत खोसेर राखि आफूलाई परिवारका सदस्यहरूले घर निकाला गरेको आरोपमा न्याय दिलाउन माग गर्दै फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
फागुन ४ गते घरमा सुतेको बेला एक जना मामा नाता पर्ने कृष्ण परियारले यौन दुर्व्यवहारको प्रयास गरेपछि आफूले हल्ला गरेपछि उनी भागेको र पुनः फागुन ५ गते पनि सुतेको अवस्थामा यौन दुर्व्यवहार गर्न खोजेका कारण घरपरिवारमा सबैलाई घटनाबारे भनेको तर परिवारले कुटपिट गरी घर छाड्न पटक-पटक धम्की दिएकमो फागुन ७ गते कुटपिट गरी घर निकाला गरेको पीडितले बताइन् ।
पीडितका पति राजु परियार दुई महिना अघि मलेसिया गएपछि आफूलाई घरमा बस्ने अवस्था नै नदिएको र अन्य मानिससँग लागेको आरोप लगाएर पटक-पटक कुटपिट गर्दै बच्चा समेत खोसेर घरमै राखी आफूलाई घर निकाला गरेको आरोपमा पीडितले महिला मानवअधिकार रक्षकहरूको जिल्ला सञ्जालको सहयोगमा जाहेरी दिएकी हुन् ।
हाल पीडित नातेदारको घरमा शरण लिएर बस्दै आएकी छन् । आफूमाथी दुर्व्यवहार गर्नेलाई कारबाही, आफ्नो अंश सहितको भाग घरबाट पाउने वातावरण र बच्चा आफूले पाउनु पर्ने माग गर्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् ।
-सीताराम अधिकारी