धमिलो पानी जमाउनका लागी नदी किनारामा पोखरी

548 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । त्रिशुली नदी प्रदुषणबाट रोक्नका लागी बालुवा धुने फिर फिरेहरुले अहीले धमिलो पानी जमाउनका लागी नदी किनारामा नै पानी जमाउने पोखरी खनेका छन् ।
तर खनेका पोखरीमा पानी जमाउन भने थालेका छैनन् । धमीलो पानी सोझै नदीमा खसाली दिदा नदी थप प्रदुषित बन्दै जान थालेको छ ।
नदी किनारामा जथाभावी खाल्टा बनाउन नपाईने प्रत्यक्ष्य रुपमा नदी प्रदुषण गर्ने मानवीय क्रियाकलाप गर्न नमिल्ने भनीएको भए पनी धादिङका विभिन्न स्थानहरुमा बालूवा धुने फिरफिरेहरुले भने नियम नै पालन नगरेको देखिन्छ । जथनभावी नदीमा फोहर पानी फल्नु त सामान्य जस्तो नै बनी सकेको छ भने नदी किनारामा पोखरीको नामा ठुला ठुला बाध जस्तो बनाई नदीकै सौन्दर्य नै बिगारेको छ ।
स्थानीय प्रशासनले भने बेवास्था गरेका कारण नदी जन्य बस्तुहरुको उत्खनन् जथा भावी रुपमा भएको र नदी प्रदुषण प्रदुषीत बन्दै गएको स्थानीय प्रशासनले समेत कडाई नगरेको आरोप स्थानीयहरुको छ ।
तर जिल्ला प्रशासन कार्यालय धादिङले भने पटक पटक फिरफिरे संचालकहरुलाई त्यासो नगर्न चेतावनी दिएको भए पनी अटेर गरी यसरी नै बालुवा उद्योगहरु चलाई रहेको भन्दै अव त्यसरी अटेर गरेर जथा भावी उद्योग चलाएको पाईएमा कडा कारवाही गरिने समेत बताएको छ ।
अहिले भने बालुवा धुने उद्योगले यसरी फालीयको पानीका कारण नदी धमिलो भए पछी आजकाल त्रिशुली नदीमा ¥याफ्टीङ्गमा आउने पर्यटकहरु समेत आउन छाडेको छ ।
बालुवा धोएको पाङ्गो माटोका कारण बालुवा धुने मेसिन भएको पाँच सय मिटर ओर पर पाङ्गो माटोका कारण नदीको सतह नै पुरीन थालेको छ भने त्यस्तो स्थानमा दलदल बन्न थालेको ¥याफ्टिङ्ग व्यबसायीहरु बताउछन् । अहिले धादिङ पिडां गाँउ विकास समितीको घाटबेसी, जहरेखेत गलौदी लगाएत आसपासका क्षेत्रहरुमा बालुवा धुने मेसिन फिरफिरेहरु राखीएका छन् । नदी किनाराको छेउ छाउमा राखिएका यस्ता बालुवा धुने मेसिन फिरफिरेहरु धेरै जसो भने अवैधानीक नै रहेका छन् ।