सभासद् पाण्डेका दुई सय सत्तरी योजना सार्वजनिक

452 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – सभासद् राजेन्द्रप्रसाद पाण्डेले आफ्ना क्षेत्रका अगुवा कार्यकर्ता र पूर्व जनप्रतिनिधिहरूसँग छलफल गरी आफ्नो क्षेत्रमा गर्नुपर्ने २७० वटा योजनाको प्राथमिकीकरण गरेका छन् । बैरेनीमा आयोजित छलफल कार्यक्रममा उनले ती योजनाको प्राथमिकीकरण गरेका हुन् ।Copy of DSC03902
जनप्रतिनिधि निर्वाचित भएपछि समुदायका आवश्यकताहरू समुदायसँगै छलफल गरेर योजना निर्माण गर्न पहल गरिएको बताइएको छ । एमालेबाट निर्वाचित पाण्डलेले समुदायको उपस्थितिमा योजना छनोट गर्दा ती योजना कार्यान्वयनमा समुदायको सहभागिता बढाउन सकिने विश्वास व्यक्त गरे ।
चुनावी समयमा वाचा गरेका र जनताले अपेक्षा गरेका योजनाहरूलाई प्राथमिकीकरण गरिएको पाण्डेले बताए । विभिन्न सडक निर्माण, खानेपानी योजना, विद्युतीकरण, विद्यालय भवन निर्माण, सामुदायिक भवन निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, मन्दिर, गुम्बा निर्माण तथा मर्मतजस्ता योजना प्राथमिकीकरणमा परेको बताइएको छ ।