राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव

619 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत,पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ फागुन १७ गते शनिबारदेखी  धादिङमा राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव सुरु भएको छ ।  DSC02886
धादिङको पिडा गाविसमा पर्ने गलौंदी स्थित त्रिशूली नदी किनारमा शुरु भएको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको मुख्य आयोजकमा धादिङ उद्योग वाणिज्य संघ रहेको छ । महोत्सव फागुन फागुन २५ गते सम्म जारी रहनेछ ।
महोत्सवका क्रममा विभिन्न झाँकी, जात जातिको संस्कृति तथा पहिचान दिने झाँकीहरुको प्रदर्शनी, कृषि उपज,दुग्धजन्य उत्पादनहरुको प्रदर्शनी तथा त्रिशुली नदीमा प्रतियोगितात्मक जलयात्रा, रमाइलो मेला तथा धादिङ जिल्लाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने विभिन्न कार्यक्रम र प्रदर्शनी गरीने मुल आयोजक समितिका संयोजक एवम धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले वताएका छन ।
महोत्सवमा लोक दोहोरी तथा एकल नृत्य प्रतियोगिताका साथै विभिन्न ११ देशका कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहने वताईएको छ । महोत्सवमा कृषि उपज बस्तुहरुको प्रदर्शनी समेत गराईनेछ ।  राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सव स्थल भित्र १८० वटा व्यापारिक स्टल रहेका छन ।
महोत्सव अवधिभर १लाख ५० हजार दर्शकहरु महोत्सव स्थलमा प्रवेश गर्ने र ५ करोडभन्दा बढीको व्यापार हुने अपेक्षा महोत्सव आयोजक समितिले राखेको छ ।