‘धादिङमा कृषि, पर्यटन र विद्युत्को सम्भावना’

538 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, –  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत धादिङमा शीतभण्डार बनाउने काम अघि बढेको बताएका छन् ।‘राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव’ मा वैद्यले युवालाई देशमै रोजगार दिने वातावरण बनाउन सके देश विकास हुने धारणा राखे । धादिङको पहिचान ताजा तरकारी तथा पर्यटन र जलविद्युत्लाई सँगै लैजान सके केही वर्षमै आर्थिक र पहिचानका हिसाबले जिल्लाले मुहार फेर्ने उनले बताए ।
अर्थमन्त्री रामशरण महतले टेलिफोनबाट महोत्सव सफलताको शुभकनामना दिए । धादिङ उद्योग वाणिज्य संघको आयोजनमा भएको राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव फागुन २५ गतेसम्म चल्नेछ । महोत्सवको कृषि प्रदर्शनीमा १ सय ८० कृषकले २ सय ५६ कृषि उपज राखेका छन् । जिल्ला कृषि विकास कार्यालयले संयोजन गरेको प्रर्दशनीलाई ३२ संस्थाले सहयोग गरेका छन्
कारोबार दैनिकबाट