हाईवे लिङ्क तेस्रो जिल्लाव्यापी खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

599 पटक पढिएको

सम्पादक: Dhadingnews.com

आशिष ठकुरी
नौबिसे-फागुन  धादिङको नौबिसे ६ खानिखोलामा सञ्चालित हाईवे लिङ्क तेस्रो जिल्लाव्यापी खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 1779956_622930244445216_623937114_nप्रतियोगिता गत शुक्रबार देखि लायन्स क्लब अफ धादिङ पिस खानिखोला र लियो क्लब अफ पिस खानिखोलाको सँयुक्त आयोजनामा भएको हो । प्रतियोगितामा भाग लिन विभिन्न सँघसस्था तथा विद्यालयका प्रतिनिधीहरुको २५ समुहले समुह दर्ता गराएका थिए । शुक्रबार र शनिबारको प्रतियोगिताबाट अन्तिम चरणमा पुग्न सफल ९ समुहको आईतबार प्रतियोगितामा सहभागिता रहेको थियो । सहभागी प्रतियोगि समुह मध्ये धादिङबेशिको धादिङ निलकण्ठ लियो क्लब प्रथम , खानिखोलाको पब्लिक बचत तथा ऋण सहकारी सँस्था लिमिटेड दृतिय र छत्रेदेउरालीको महेन्द्रोदय उच्च माध्यमिक विद्यालय तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुने समुहलाई दश हजार रुपैया, शिल्ड मेडल र प्रमाणपत्र ,दृतिय हने समुहलाई सात हजार रुपैया, , शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने समुहलाई पाँच हजार रुपैँयाु, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी भाग्यमानी समुहमा परेको धादिङ बोर्डिङ स्कुललाई समुह दर्ता गर्दा लिईएको एक हजार रुपैँया फिर्ता गरिएको छ । यस्तै प्रतियोगिताको अवधिमा रेडियोबाट सोधिएको प्रश्नको उत्तर मिलाएर एसएमएस गर्ने मध्येबाट थार्के फोगटपुरकी कान्छीमैया डंगोलले मोबाईल जित्नुभएको छ । गत बर्षहरुको प्रतियोगिता झैँ उस वर्षको प्रतियोगिता पनि सफल भएको आयोजकले जनाएको छ । लायन्स क्लब अफ धादिङ पिस खानिखोलाका अध्यक्ष लायन बिदुर भट्टराई र लियो क्लब अफ पिस खानिखोलाका अध्यक्ष लियो प्रमोद गिरीको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा विभिन्न संघसँस्था तथा पार्टी प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजिवी पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।