घर जलेपछि चेपाङको विचल्ली

532 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- दक्षिणी धादिङको जोगिमारा गाविस वडा नम्बर ६ तोकोलोङका नमसरीमाया चेपाङको घरमा आगलागी भएको छ ।
खरको छानो भएको घरमा हिजो साँझ एक्कासी आगलागी हुँदा घरभित्र रहेका अन्न, भाँडाकुँडा र लत्ताकपडा जलेर नष्ट भएको स्थानीयले बताएका छन् । घरमा नमसरीमायाँ र उनका छोरा बस्दै आएका थिए । घरसंगै खानेकुरा र लगाउने लुगा समेत खरानी भएपछि नमसरीमायाँको आमाछोरा विचल्लीमा परेका छन् ।
ज्याला मजदुरी गरेर जेनतेन ६ महिना सहकाल र ६ महिना अनिकालमा जिवन धान्दै आएका चेपाङका आमा छोरा हिजोसाँझ देखिनै छिमेकीको घरमा शरण लिएर बसेका छन् । चेपाङको सम्पत्तीको नाममा रहेको २ ओटा बाख्रा समेत आगालीमा परेर मरेको छ ।
तोकोलोङको चेपाङ बस्ती पुग्न पृथ्वी राजमार्गबाट करिब ४ घण्टा पैदल हिड्नु पर्छ । नमसरीमायाका आमा छोरालाई गरिबीका कारण छिमेकीकोमा पनि धेरै दिन बस्न सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।