बोक्सी आरोप लगाउनेलाई जरिवाना

503 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, फाल्गुन २३ – बोक्सी आरोप लगाउँदै गालीगलौज गर्ने तीन जनाविरुद्ध जिल्ला अदालतले पाँच/पाँच हजार जरिवाना लिने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रमेशराज पोखरेलको इजलासले बोक्सी आरोप लगाउने सुनौलाबजार ४, भोर्लेका सीता मग्राती, सुन्तली मग्राती र रूपबहादुर मग्रातीसँग जरिवाना लिने फैसला गरेको स्रेस्तेदार राजेन्द्र वाग्लेले जानकारी दिए । उनीहरूले सोही ठाउँ निवासी चनमती मग्रातीलाई मंसिर २५ मा बोक्सी आरोप लगाउँदै कुटपिट गरेका थिए ।

बोक्सी आरोप लगाएको भन्दै चनमतीले मुद्दा दर्ता गराएकी थिइन् । यसअघि पीडक १०/१० हजार धरौटीमा रिहा भएका थिए । पीडक एकै घरपरिवारका हुन् । उनीहरूले बोक्सी भन्दै गाली बेइज्जत र कुटपिट गरेको चनमतीको आरोप थियो ई कान्तिपुर डट कमले खबर लेखेको छ ।