श्रोत परिचालनको संयोजनमा स्वेच्छिक रक्तदान

499 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,-मानविय सेवाका लागि स्वेच्छिक रक्तदान भन्ने नाराका साथ शुक्रवार धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । SAM_0251 SAM_0242
श्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा भएको कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका थिए । रगतको अभावमा कुनै पनि व्यक्तिको अकालमा ज्यान नजाओस भन्ने लक्ष्यका साथ स्वेच्छिक रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गरिएको सहकारी संस्थाले जनाएको छ । स्वेच्छिक रक्तदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरीका साथै सहकारी संस्थाका सदस्यहरु र अन्य व्यक्तिले रगत दिएका थिए ।
रक्तदान बाट संकलित रगत धादिङ जिल्ला अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्त संचार केन्द्रमा राखिएको छ । केन्द्रले चिकित्सको परामर्शमा विरामीहरुलाई आवश्यकता अनुसार रगत उपलव्ध गराउनेछ ।