कल्पना धमला राजेन्द्र पाण्डेवाट सम्मानित

822 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, – आफूलाई राजनीतिको कखरा सिकाउने गुरुवाट कल्पना धमला शुक्रवार धादिङमा सम्मानित हुनु भएको छ । Copy of SAM_0260
२०४३ सालमा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा राजतन्त्र बिरुद्ध बोलेको आरोपमा ९ कक्षामा पढ्दा पढ्दै राजकाज मुद्धा खेपेकी धमलालाई १०४ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुक्रवार धादिङबेसीमा सम्मान गरिएको हो । महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङ,फोकस नेपाल,नारी जागरण केन्द्र र सहयात्री समाजद्धारा शुक्रवार धादिङबेसीमा संयुक्त रुपमा आयोजना गरिएको १०४ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा सभासद राजेन्द्र पाण्डेले धमलालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
धादिङको चैनपुरमा रहेको सालवास माविमा २०४३ सालमा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउंदा राजतन्त्रविरुद्ध भाषण गरेको आरोपमा पञ्चायती शासकले धमलालाई राजकाज मुद्धा लगाएर पक्राउ आदेश जारी गरेका थिए । धमलालाई राजकाज मुद्धा लागेपछि थुनिनबाट बचाउने तत्कालिन नेकपा मालेका जिल्ला नेता पाण्डेले शुक्रवार प्रसंसा पत्रका साथ दोसल्ला ओढाएर धमलालाई सम्मान गरेका थिए । धमलालाई राजकाज मुद्धा लाग्दा थुनामा पर्नवाट जोगाउने शिक्षकहरु पाण्डे धादिङ क्षेत्र नम्बर ३ बाट र गुरुप्रसाद बुर्लाकोटी धादिङ क्षेत्र नम्बर २ बाट यस पटक संविधान सभा सदस्यमा निर्वाचित भएका छन । आफ्ना गुरुद्धय सभासदमा निर्वाचित भएलगत्तै धमलाले धादिङको सल्यानटारमा मंसिर १३ गते आयोजित एक कार्यक्रममा सम्मान गरेकी थिइन ।
एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम पुर्वमन्त्री कल्पना धमलासँग नाम मिलेपनि उनि अर्कै कल्पना हुन ।