नारी दिवसको अवसरमा धुषामा लोकगित प्रतियोगिता

578 पटक पढिएको

सम्पादक: Dhadingnews.com

अर्चिता उप्रेती

चरौदी, २३फागुन  – अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा धादिङको धुषा १ चरौदीमा शुक्रबार लोकगित प्रतियोगिता भएको छ । चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङ र क्रियाशिल महिला सञ्जालको आयोजना तथा फोकस नेपाल र यु एम एन धादिङको सहयोगमा हिँसा, शान्ति स्थापना, महिला अधिकार र मानव अधिकार विषयमा आधारित रहेर लोक गित प्रतियोगिता भएको हो । समानता महिलाको लागि प्रगति सबैका लागि भन्ने अन्र्तराष्ट्रिय नारा र महिला नेतृत्वका लागि हौँ जम्मा, घर देखि सँविधानसभा सम्म भन्ने राष्ट्रिय नाराका साथ भएको प्रतियोगितामा विभिन्न सँस्था, आमा समुह र महिला सञ्जाल गरी सात वटा समुहको सहभागिता रहेको थियो । सहभागि समुह मध्ये विकासका लागि क्रियाशिल महिला सञ्जाल धुषा प्रथम, चण्डेश्वरी आमा समुह दृतिय, विकासका लागि क्रियाशिल महिला सञ्जाल बेनिघाट तृतिय र सामुदायिक स्वास्थ्य क्लिनिक धुषा ८ सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, दृतिय, तृतिय र सान्तवना हुने समुहलाई क्रमशः एक हजार पाँच सय, एक हजार दुई सय, नौ सय, सात सय सहित प्रमाणपत्र र प्रशंसा पत्र प्रदान गरीएको छ । कार्यक्रम सञ्चालिका अर्चिता उप्रेती रहनुभएको लोक गित प्रतियोगितामा विकासका लागि क्रियाशिल क्षेत्रिय महिला सञ्जालका अध्यक्ष मैयांदेवी सिलवालको अध्यक्षता, धुषा महिला विकास समितीका अध्यक्ष गोमा सिलवालको प्रमुख आतिथ्यता र विभिन्न महिला सञ्जाल, आमा समुह, सँघसँस्था, राजनितीक दल लगायतका समुह ,सँस्था तथा पार्टी प्रतिनिधीको आतिथ्यता रहेको थियो । १०४ औ अन्र्तराष्ट्रिय नारी दिवस शनिबार मनाईँदै छ ।