सामुदायिक बनमा आवद्ध १५ जना महिलालाई सम्मान

568 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ २४ फागुन  -“महिला नेतृत्वका लागि होऔं जम्मा, घर देखि संविधान सम्म” भन्ने मुल नाराका साथ १ सय ४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला नेतृत्व सम्मान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय महासंघको सचिवालय र जिल्ला महासंघ धादिङको संयुक्त आयोजनामा भएको सम्मान कार्यक्रममा सामुदायिक बनमा आवद्ध भएका १५ जना महिलाहरुलाई सम्मान गरिएको थियो । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धादिङका अध्यक्ष कविता इटनीको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अधिकारीले सामुदायिक बनको संरक्षणको लागि धादिङ जिल्लाका महिलाहरुको योगदान प्रशसनिय रहेको बताउनु भएको थियो । यसै गरी जिल्ला वन अधिकृत राजेन्द्रमान सिंह भण्डारीले धादिङ जिल्लाको अधिकांश सामुदायिक बनका उपभोक्ताहरुको गुणात्मक विकास गर्न जिल्ला बन कार्यालय धादिङले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । यसै गरी एक्सन नेपाल धादिङका जेटिए हरि उप्रेतीले महिला हिंसाका घटनाहरु रोक्ने समाज, टोल हुँदै केन्द्रिय स्तर सम्म महिलाहरुको आवाज लैजान सकेमात्र महिलाहरुको समस्या समाधान हुने बताउदै महिला हिंसाको कुरा भाषामा भन्दा पनि ब्यबहारमा उर्तान सक्नु पर्नेमा जोड दिनुपर्ने उप्रेतीको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, एक्सन नेपाल धादिङका जेटिए हरि उप्रेती, गैससका अध्यक्ष दामोदर अर्याल लगायतले शुभकामना दिनु भएको थियो ।