सकियो धादिङ महोत्सव

743 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गलौंदी(धादिङ,- धादिङको गलौंदीमा नौ दिन सम्म संचालन भएको राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव आईतबार सम्पन्न भएको छ । फागुन १७ गते देखि शुरु भएको महोत्सव आईतवार सम्पन्न भएको हो ।Copy of SAM_0430
धादिङ उद्योग वाणिज्य संघको आयोजना एवम विभिन्न सरकारी,गैर सरकारी एवम निजि क्षेत्रका संस्था,उद्योगहरुद्धारा प्रायोजन गरिएको महोत्सव ७० हजारभन्दा बढी दर्शकले हेर्नुका साथै ३ करोड वराबरको कारोवार भएको वताईएको छ । महोत्सव समापनको अवसर पारेर धादिङ उद्योग वाणिज्य संघले आगामी बर्षको पुस ९ गते देखि २१ गते सम्म धादिङ जिल्लाको सदरमुकाममा बृहत धादिङ महोत्सवको आयोजना गर्ने घोषणा समेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालको आतिथ्यमा भएको महोत्सव समापन कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी, पुर्व सभासद पुष्पविक्रम मल्ल,पुर्व विधायक रामनाथ अधिकारीका साथै विभिन्न संघ,संस्थाका प्रतिनिधि लगायतले सम्वोधन गरेका थिए ।
धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत,पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ धादिङको पिडा गाविसमा पर्ने गलौंदी स्थित त्रिशूली नदी किनारमा महोत्सव सम्पन्न भएको हो ।
महोत्सवका क्रममा विभिन्न जात जातिको संस्कृति तथा पहिचान दिने झाँकीहरुको प्रदर्शनी, कृषि उपज,दुग्धजन्य उत्पादनहरुको प्रदर्शनी तथा त्रिशुली नदीमा प्रतियोगितात्मक जलयात्रा, रमाइलो मेला तथा धादिङ जिल्लाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने विभिन्न कार्यक्रम र प्रदर्शनी गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवम धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले वताए ।
महोत्सवमा दोहोरी तथा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । कयसैगरी विभिन्न ११ देशका कलाकारहरुको उपस्थितीमा सांगितिक मेलाको समेत प्रदर्शन गरिएको थियो ।