विश्व हिन्दु परिषद धादिङ शाखाको गठन

642 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङवेसी । समाजसेवी रामहरि शर्मा नेपालको संयोजकत्वमा विश्व हिन्दु परिषद् धादिङ शाखा गठन गरिएको छ । हिन्दु धर्मको संरक्षण तथा संवद्र्धन गर्ने उदेश्यले संगठन विस्तार अभियानमा जुटेको परिषदको धादिङ शाखाका सदस्यहरूमा जितबहादुर खाँड ठकुरी, तेजबहादुर लामिछाने, नन्दकुमारी गुरुङ, रामबहादुर आलेमगर,  कोमल प्याकुरेल, पदमप्रसाद लम्साल, राजेन्द्र अधिकारी र राजकुमार पौडेल रहेका छन् ।
हिन्दु परिषद् भारतका सदस्य स्वामी आनन्दप्रकाश हर्वाेलाको उपस्थितिमा सो शाखाको गठन गरिएको हो । शाखाले बृहत् भेला गरी धार्मिक जागरण, हिन्दु धर्मको महत्वका बारेमा विभिन्न कार्यक्रम गर्ने जनाइएको छ