वर्मालाई विकास पत्रकारिता पुरस्कार

728 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका निवर्तमान अध्यक्ष सिताराम वर्मा विकास पत्रकारिता पुरस्कारवाट सम्मानित भएका छन । Copy of SAM_0492
जिल्ला विकास समिति धादिङले २१ औं जिल्ला परिषदको सार्वजनिकिरण कार्यक्रमको अवसर पारेर वर्मालाई मंगलवार १० हजार राशीको विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो । कार्यक्रमका अतिथी रहेका पुर्व सभासद पुष्पबिक्रम मल्ल, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल र स्थानीय विकास अधिकारी रमेश न्यौपानेले संयुक्त रुपमा वर्मालाई दोसल्ला ओढाउनुका साथै प्रसंसा पत्र र नगद दिएर सम्मान गरेका थिए ।
जिल्ला विकास समिति धादिङले गत बर्षदेखि स्थापना गरेको विकास पत्रकारिता पुरस्कार पाउने वर्मा जिल्लाको पहिलो पत्रकार हुन । जिल्लामा रहेर विकासका सवालमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने निति अनुरुप २० बर्षदेखि रासस समाचारदाताका रुपमा धादिङ जिल्लामा रहेर पत्रकारिता गर्दै आईरहेका वर्मालाई जिविसको विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । वर्मा पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष समेत हुन । यसैगरी जिल्ला विकास समितिमा रहेर ३० बर्ष भन्दा लामो समय काम गरेर अवकास लिएका जिविसका स्टोरकिपर नरवहादुर श्रेष्ठलाई दोसल्ला ओढाउनुका साथै १० हजार नगद र प्रसंसा पत्र दिएर मंगलवारनै सम्मान गरेको छ ।