धादिङको २१ औं जिल्ला परिषद सम्पन्न

733 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२७ फागुन । धादिङ जिल्लाको २१ औं जिल्ला परिषद सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष ०७१÷७२ का लागि चालुतर्फ २ अर्ब ८१ करोड ४५ लाख १४ हजार प्रस्तावित वजेट पारित गर्दै परिषद सम्पन्न भएको हो ।Copy of SAM_0479
मंगलवार जिल्ला विकास समितिमा २१ औं जिल्ला परिषदबाट स्वीकृत नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण गर्दै स्थानीय विकास अधिकारी रमेश न्यौपानेले जिल्लाको आगामी बजेट र निती तथा कार्यक्रमबारे जानकारी गराएका हुन । परिषदले आन्तरिक श्रोत तर्फ चालु आ.ब. ०७०÷७१ को लागि कुल प्रक्षेपित अनुमान ११ करोड ४१ लाख ५० हजार रहेकोमा आगामी आ.व.का लागि ८ करोड ८५ लाखको संसोधित वजेटको अनुमान गरेको छ ।
परिषदले पूर्वाधार विकास अन्र्तगत सडक तथा खानेपानी र सरसफाईलाई बिशेष प्राथमिकतामा राखेको । यसैगरी बिद्युत्त तथा बैकल्पिक उर्जा,कृषि तथा सहकारी,भुमि व्यवस्थापन,शिक्षा,स्वास्थ्य,लक्षित वर्ग बिशेष कार्यक्रमलाई पनि उच्च उच्च प्राथमिकता दिंदै जिल्लाको विकास गर्न सकिने प्रस्ताव पारित गर्दै जिल्लाको आवधिक योजना अनुरुप प्राथमिकताका आधारमा विकास आयोजना संचालन गर्नमा जोड दिएको छ ।
आगामि वर्र्षका लागि प्रस्ताव गरिएका नीति तथा कार्यक्रमले जिल्लाको सरसफाई अभियान, ग्रामीण पर्यटन तथा पुर्वाधार विकास, सडक निर्माण, सुधारिएको चुल्हो, झोलुङगे पुल निर्माण, लक्षित समुदायका लागि प्रबद्र्धनात्मक कार्यक्रम, स्वास्थ्य तथा शिक्षा, वन तथा वातावरण संरक्षण लगायतका कार्यक्रमलाई जोड दिइएको छ । चालु आ.व.का लागि गत वर्ष प्रस्ताव गरिए अनुसारको आन्तरिक श्रोतको बजेट कटौती हुँदा भने जिल्लामा विकास आयोजना प्रभावित भएको उल्लेख गर्दै आगामी आ.व.मा बिशेष गरी ग्रामीण सडक,कृषि,पर्यटन तथा जलश्रोतमा मुख्य जोड दिएको छ ।
सार्वजनिकीकरण कार्यक्रममा पुर्व सभासद पुष्पविक्रम मल्ल, नेकपा एमालेका अध्यक्ष खेम लोहनी,नेपाली कांग्रेसका सचिव भक्त लामा,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि नन्दप्रसाद काप्री,नेकपा–माओवादीका रामकुमार शाहका साथै प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।