ट्रकको ठक्करबाट वालकको मृत्यु

436 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, फागुन २८ – ट्रकको ठक्करवाट सदरमुकाम नजिकै इजारा गाउँमा एक वालकको ज्यान गएको छ ।

नीलकण्ठ ५ मा पर्ने इजाराबाट धादिङबेसी तर्फ आउदै गरेको बा २ ख १२६८ नम्बरको मिनिट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका १२ वर्षका आयुष कुमाल उपचारका क्रममा ज्यान गएको हो ।

बुधबार पौने ११ वजे ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका कुमाललाई उपचारका लागि धादिङ जिल्ला अस्पताल ल्याइएको थियो । वालकलाई ठक्कर दिने मिनिट्रक चालकलाई प्रहरीले पक्रेको छ ।