राहदानी बनाउन आउनेको भिड

852 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ । देशभरवाट वैदेशिक रोजगारीका लागि विदेशिनेहरुको क्रम बढी रहेको बेला जिल्ला प्रशाशन कार्यालय धादिङमा पनि राहदानी बनाउन आउनेहरुको भिड लाग्न थालेको छ । संविधान सभाको चुनाव पछि विदेशीनेको सङख्या वढेसङगै जिल्लामा पासपोर्ट वनाउनेहरुको भिड लाग्न थालेको हो ।

 

पासपोर्ट बनाउनको लागि मानिसहरुको चाप बढि हुदा एकातर्फ कार्यलयमा कर्मचारीलाइ कार्य सम्पादन गर्न भ्याइ नभ्याइ छ भने अर्को तर्फ टाढा टाढा बाट गाविस वाट आएका सेवाग्राहि समयमा नै काम नसकिदा मर्कामा परेका छन् । पासपोर्ट बनाउदा तिर्नु पर्ने राजस्व २ बजे पछि नलिइदा पनि आफुहरु समस्यामा पर्ने गरेको सेवाग्रहिको गुनासो रहेको छ ।

 

जिल्ला प्रशासन कार्यालय धादिङमा दैनिक ३० देखि ४० जना सेवाग्राहीहरुको फारम बुझ्ने र त्यती नै जनाको हाराहारीमा फारम सिफारिस गरेर काठमाडौ पठाइने गरेको छ । यो आर्थिक वर्ष सुरु भए देखी फागुन ८ गते सम्ममा चार हजार चार सय चौतिस (४,४३४) जनाले जिल्लावाटै र चार हजार दुइ (४,००२) जनाले काठमाण्ठौवाट राहदानी लिनको लागि आवेदन दिएका छन ।

 

पहिले पहिले फारम बुझाएको ३० दिनमा नै पासपोर्ट बनेर आउथ्यो भने अहिले करिव ६० दिनमा पनि पासपोर्ट बनेर आउन मुस्किल पर्न थालेको छ । २०१४ को नोभेम्बरबाट यम आर पि पासपोर्ट मात्र लागु भई हस्तलिखित पासपोर्टको काम नहुने हुर्दा पुरानो पासपोर्ट हुनेहरुले पनि यम आर पि पासपोर्ट बनाउन लाग्दा भिड वढेको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको साझा सबाल धादिङले खबर लेखेको छ ।