गाउँ विकास समितिहरुको न्युनतम शर्त तथा कार्यसम्पादन मापन नतीजा २०६९÷०७०

783 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि पाटामगर,181289_470144356388202_1813561362_n

 MCPM  सम्पर्कव्यक्ति जिविस धादिङ
भूमिका
गाउँ विकास समितिको न्युनतम शर्त तथा कार्यसम्पादन मापन कार्यविधि २०६६ (संशोधन र परिमार्जन सहित ) अनुसार धादिङ जिल्लाका ५० वटा गउँ विकास समितिहरुमा आ.व. २०६९।०७० को न्युनतम शर्त तथा कार्य सम्पादन मापन कार्य सम्पन्न भएको छ । गाउँ विकास समितिहरुले उक्त आर्थिक वर्ष भित्र सम्पन्न गरेका बजेट तथा कार्यक्रमहरुको सम्वन्धमा गरिने मूल्याङ्कनमा सबै गाउँ विकास समितिहरुको मूल्याङ्कन गरिँदै आएको छ । यसको आधारमा गाउँ विकास समितिहरुमा पुँजीगत बजेट प्रवाहमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । न्युनतम शर्तमा राम्रो परिणाम पाएका गाविसहरुले सोही अनुसार थप पुँजीगत बजेट प्राप्त गर्दै आएको छ भने अनुत्तीर्ण हुने गाविसहरुलाई उक्त थप पुँजीगत बजेट प्राप्त गर्नमा बञ्चीत गरिदै आएको. छ ।
न्युनतम शर्तलाई प्रभावकारी बनाउँदै गाविसहरुमा कार्यसम्पादन मापनबाट पनि प्रभावकारी ढङ्गबाट मूल्याङ्कन गरिने र सो को आधारमा गाउँ विकास समितिहरुमा जाने केन्द्रीय पुँजीगत बजेट थपघट गरिने कार्यविधिको नीतिलाई कार्यान्वयन गर्दै जाने स्थानीय निकाय वित्तीय आयोगको उद्देश्य रहेको छ । यसबाट स्थानीय तहमा कार्यरत कर्मचारीहरु र दलीय राजनीतिक सयंन्त्रहरु समेत यस विषयमा अनभिज्ञ रहन पाउने छैनन् । खास गरेर स्थानीय तहमा मौजुदा ऐन कानूनले कमसेकम तोकिएको काम कर्तव्य र अधिकार लागू गर्दै बजेट तथा कार्यक्रम सञ्चालन गरिने प्रकृयालाई न्युनतम शर्त भनिन्छ र सो न्युनतम शर्त पूरा गरेको छ वा छैन पनि मूल्याङ्कन गरिने प्रकृया वा विधिलाई न्युनतम शर्त मापन भनिन्छ ।
स्थानीय निकाय वित्तीय आयोगले प्रत्येक नयाँ आर्थिक वर्ष सुरु भएपछि श्रावण भाद्रमा केन्द्रीय सूचनाको रुपमा सबै स्थानीय निकायहरु जिल्ला विकास, नगरपालिका र गाउँ विकास समितिहरुको लागि न्युनतम शर्त तथा कार्य सम्पादन मापनको लागि सूचना प्रकाशित गरिँदै आएको छ । सोही आधारमा जिल्ला विकास समितिहरुको न्युनतम शर्त तथा कार्य सम्पादन मापनको लागि वित्तीय आयोगले खटाई पठाइएको विशेषज्ञहरुबाट कार्य हुन्छ भने गाउँ विकास समितिहरुको लागि जिल्ला विकास समतिको कार्यालय मार्पmत गाविसहरुमा न्युनतम शर्त मापन कार्यको लागि मूल्यांकनकर्ताहरु तोकिएको विधि अनुसार छनौट गरिन्छ । आ.व. २०६४÷०६५ देखि गाविसहरुको न्युनतम शर्त मूल्यांकन कार्य हुँदै आएको छ भने जिविसहरुको आ.व. २०६२÷०६३ देखि नै न्युनतम शर्त तथा कार्य सम्पादन मापन कार्य सम्पन्न हुँदै आएको छ ।
आ.व. २०६९।०७० को न्युनतम शर्त तथा कार्यसम्पादन मापन सम्पन्न
यसै सिलसिलामा चालु आ.व. २०७०।७१ मा गत आ.व. २०६९।०७० को गाउँ विकास समितिहरुको न्युनतम शर्त मापनकार्य धादिङ जिल्लामा सम्पन्न भएको छ । यस वर्ष कार्य सम्पादनमापन पनि संशोधन र परिमार्जन सहितको कार्यविधि २०६६ अनुसार धादिङ जिल्लाका २ वटा गाविसहरुमा नमूना परीक्षणको रुपमा लागू गरिएको छ । जिल्लाको ५० वटा गाउँ विकास समितिहरु मध्ये नौविसे र नीलकण्ठ गाउँ विकाससमितिहरु न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा छनौट भएको थियो । यसैगरी नेपाल भरीकै गाविसहरुमा नमूना परीक्षणको रुपमा कार्यसम्पादन मापन गर्ने गरी स्थानीय निकाय वित्तीय आयोगले सम्वन्धित जिल्लाहरुका गाविसहरु तोकि पठाइएको थियो ।
गतवर्ष जिल्लाको ५० वटा गाउँ विकास समितिहरुको न्युनतमशर्त मूल्याङ्कनमा जिल्लाका धेरै गाविसहरु अनुत्तीर्ण भएको थिए । जसमा भूमेस्थान, बैरेनी, पिडा, गजुरी, कल्लेरी, मैदी, खरी, सत्यदेवी, लापा, तिप्लिङ, सेर्तुङ गरी ११ वटा गाविसहरु अनुत्तीर्ण भएका थिए । यसरी अनुत्तीर्ण भएका गाविसहरुमा केन्द्रबाट थप आउने पुँजीगत उल्लेखित गाविसहरुमा कटौती भएका थिए ।
जिल्ला विकास समितिको कार्यालय धादिङबाट स्थानीय निकाय वित्तीय आयोगको न्युनतम शर्त तथा कार्य सम्पादन मापन कार्यविधिले तोके अनुसारको समय सीमा भित्र रही गाविसहरुको न्युनतम शर्त तथा कार्यसम्पादन मापन कार्य सम्पन्न गर्दै आएको छ । आ.व. २०६९।०७० को न्युनतम शर्त तथा कार्यसम्पादन कार्य पनि तोकिएको शर्त अनुसार सम्पन्न भएको छ । प्रतयेक आर्थिक वर्षको माघ मसान्तभित्र आयोगको सचिवालयमा प्रतिवेदन पेश गर्नु पर्नेमा सो कार्य जिविस धादिङबाट सम्पन्न हुँदै आएको छ ।
गुणस्तर सुनिश्चितता परीक्षणमा परेका गाविसहरु ःऋ मापनका नतीजाहरु
जिल्ला विकास समितिको कार्यालय मार्पmत सम्पदान गरिँदै आएका न्युनतम शर्त मापन सम्वन्धीका कार्यहरु सहीरुपमा परीक्षण भए नभएको हेरी पुनः त्यस गाविसको न्युनतम शर्त तथा कार्य सम्पादन मापनको नतीजा पठाउने कार्य स्थानीय निकाय वित्तीय आयोगको सचिवालयबाट हुँदै आएको छ । कार्याविधिमा उल्लेखित नीति अनुसार ५० वटा गाविसहरु सम्म भएका गाविसहरुको हकमा ५ वटा गाविसहरु गुणस्तर सुनिश्चितता परीक्षणमा पर्ने गरिएको छ । ५० वटा गाविसहरु मध्ये जुन कुनै ५ गाविसहरु आयोगको सचिवालयबाट सम्पूर्ण स्रेस्ता सहित पुनः परीक्षण गरिँदै आएको छ । चालु आ.व. २०७०।०७१ मा गत आ.व. २०६९।०७० को न्युनतम शर्त सम्पन्न भएको गाविसहरु मध्ये बैरेनी, बेनीघाट, सुनौलाबजार, नीलकण्ठ र सेर्तुङ गाविसहरु गुणस्तर सुपरीवेक्षण परीक्षण (गुसुप)मा परेका छन् र सो को नतीजा आउन बाँकी रहेको छ ।
आ.व. २०६९।०७० मा धादिङ जिल्लाको ५० वटै गाउँ विकास समितिहरुको न्युनतम शर्त मूल्यांकन कार्य तोकिएको अवधि भित्र सम्पन्न गरी सम्पादति कार्यको एकीकृत प्रतिवेदन तयार गरी स्थानीय निकाय वित्तीय आयोगको सचिवालयमा पेश गरि सकिएको छ । आ.व. २०६९।०७० को गाउँ विकास समितिहरुको मूल्यांङ्कनबाट ४९ गाविसहरु उत्तीर्ण भएका छन् भने १ गाविस (साँकोष) असफलको सूचीमा राखिएको प्रारम्भिक प्रतिवेदनबाट देखिएको छ ।