प्राविधिक शिक्षालय निर्माण तथा ग्रामीण पर्यटन प्रवर्धनार्थ पात्लेमा महायज्ञ लगाईदै

578 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पात्ले–जिल्लाको खाल्टे गाविसको पात्लेमा रहेको शंखादेवी माध्यमिक बिद्यालयमा कृषि प्राविधिक शिक्षालय निर्माण तथा खाल्टेमा ग्रामीण पर्यटन प्रवर्धनार्थ स्थानीयवासी श्रोत व्यवस्थापनमा लागेका छन । बिद्यालयको आर्थिक अवस्था सुधार गर्दै गुणस्तरीय प्राविधिक शिक्षाको लागि आवश्यक पुर्वाधार निर्माण गर्न बिद्यालयले श्रीमदभागवत सप्ताह महायज्ञको आयोजना गर्ने भएको छ ।
‘गुणस्तरीय शिक्षा शंखादेवीको पहिचान,प्राविधिक शिक्षा अवको अभियान’ भन्ने नाराका साथ शुरु गरिएको बिद्यालय सुधार योजना २०७०–२०७२ अन्र्तगत यहि चैत १८ गते देखि २६ गते सम्म बिद्यालयमा महायज्ञको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
खाल्टे गाविसको वडा नम्बर १ र ५ का वालवालिकालाई शिक्षा प्रदान गर्ने उद्धेश्यले २०१७ सालमा स्थापना भएको अनौपचारिक पाठशालालाई व्यवस्थित गर्दै २०६५ सालमा निमावि,२०६८ मा मावि र २०६९ सालमा पहिलो एसएलसी परीक्षामा सहभागी भएको शंखादेवी माविलाई अव कृषि शिक्षालयको रुपमा विस्तार गर्न लागिएको वताईएको छ ।
शंखादेवी माविमा प्राविधिक शिक्षालय सञ्चालनार्थ तथा ग्रामीण पर्यटन प्रवद्र्धनार्थ लगाउन लागिएको महायज्ञमा बाचक वालतपस्वी पण्डित उत्तम भट्टले कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष रामवहादुर गुरुङले जानकारी दिनुभयो ।
महायज्ञको अवसर पारेर पात्ले होमस्टे संचालन तथा व्यवस्थापन समितिले हरेक सांझ ‘गुरुङ संस्कृतीको माझ,पात्ले सांझ’ बिशेष सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने वताईएको छ ।
बिज्ञान तथा प्रविधिको विकास संगै श्रम वजारमा प्राविधिक जनशक्तीको माग पुरा गर्न बिद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गर्दै स्थापना गरिने प्राविधिक शिक्षालयमा शिक्षा मन्त्रालय अन्र्तगतका निकाय तथा शैक्षिक संस्थाहरु मार्फत लामो तथा छोटो अवधिका एकेडेमिक कोर्सहरु संचालन हुने वताईएको छ

“कृपया हाम्रो यस अनलाईनमा प्रकाशित कुनै पनि समाचार, लेख रचना वा अन्य कुनै सामाग्री फेसवुक, ट्विटर अथवा व्लग, वेबसाइटमा राख्नु परे हाम्रो श्रोत ( साभार धादिङन्युज डट कम ) अनिबार्य खुलाउनु होला । धन्यवाद “