धादिङमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

553 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको आज ४ वर्ष पुगेको छ । कोइरालाको स्मृतिमा आज कांग्रेस जिल्ला कार्यसमितिले धादिङबेसिमा फलफुल बितरण तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।DSC04018 DSC04025 DSC04022 DSC04024 नेपाली कांग्रेस धादिङले बिहान पार्टी कार्यालय बिचबजारमा गरेको कार्यक्रममा कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीका साथै जिल्ला कार्यसमितिका पधाधिकारीहरु, नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी,एमाओबादी धादिङका नेता रामबहादुर भण्डारीका साथै बिभिन्न दलका प्रतिनिधिहरुले स्वर्गीय कोइरालाको तस्बिरमा माल्यापण गरेका थिए । यसै गरी धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोख्रेल ,प्रहरी नायब उपरिक्षक अशोक सिंह ठकुरीका साथै अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एबम नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक र समर्थक हरुले पनि स्वर्गीय कोइरालाको तस्बिरमा माल्यापण गरेका थिए । यस् अघी जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको थियो ।
कोइरालाले एक दशक लामो माओवादीको सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालाको २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।

तस्बिरहरु : केशव अधिकारी धादिङन्युज

“कृपया हाम्रो यस अनलाईनमा प्रकाशित कुनै पनि समाचार, लेख रचना वा अन्य कुनै सामाग्री फेसवुक, ट्विटर अथवा व्लग, वेबसाइटमा राख्नु परे हाम्रो श्रोत ( साभार धादिङन्युज डट कम ) अनिबार्य खुलाउनु होला । धन्यवाद “