प्रयास नेपाल धादिङको १३ औं स्थापना दिवस

815 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी -जिल्लाको बिभिन्न गाविसहरुमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले बिहिबार १३ स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ । IMG_0053
संस्थाले जिल्लामा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संस्थाको स्थापना भए देखि हाल सम्म भए गरेका गतिविधि तथा आर्थिक विवरण संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्लाको ५० वटै गाविसमा बिद्यालय पुस्तकालय,पढाई लेखाई निर्देशन, आफ्नो घर आफ्नै परिवार कार्यक्रम,गरिवी निवारण कार्यक्रम,बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम,साक्षर नेपाल कार्यक्रम,लगायतका कार्यक्रम मार्फत समुदाय तथा बिद्यालय तहमा सामुदायिक विकासमा सहजिकरण गर्दै आएको निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
प्रयास नेपाल धादिङका अध्यक्ष कृष्ण बहादुर चेपाङको अध्यक्षता तथा सचिव उषा बि.कको संचालनमा भएको स्थापना दिवस कार्यक्रमको अवसरमा संस्थामा उत्कृष्ट कार्य गरी बिदाई हुनु भएका ६ जना कर्मचारीहरुलाई मायाको चियो,प्रमाण पत्र र खादाद्धारा सम्मान गरिएको थियो ।
संस्थाले सेवा प्रवाहमा पारदर्शिता,जवाफदेहिता,बिश्वसनियता र संस्थामा सुशासन स्थापित गर्न गरेका पहल समिक्षा गर्नुका साथै संस्थालाई सहयोग गर्ने बिभिन्न व्यक्ति,सरकारी कार्यालय,संचारकर्मी तथा संचार गृहलाई र साझेदार संस्थाहरु,लक्षित बर्गलाई धन्यावाद ज्ञापन गरिएको प्रयास नेपालका पुस्तकालय व्यवस्थापन सहजकर्ता प्रेम कुमारी श्रेष्ठले धादिङन्युजलाई जानकारी दिनु भयो ।

“कृपया हाम्रो यस अनलाईनमा प्रकाशित कुनै पनि समाचार, लेख रचना वा अन्य कुनै सामाग्री फेसवुक, ट्विटर अथवा व्लग, वेबसाइटमा राख्नु परे हाम्रो श्रोत ( साभार धादिङन्युज डट कम ) अनिबार्य खुलाउनु होला । धन्यवाद “