रेडक्रस नीलकण्ठ उपशाखामा रामहरी अधिकारी

660 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी– नेपाल रेडक्रस सोसाईटी नीलकण्ठ उपशाखाको सभापतीमा रामहरी अधिकारी चयन हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको उपशाखाको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले अधिकारीको सभापतीत्वमा ९ सदस्यिय कार्य समितिको चयन गरेको हो । उपशाखाका सभापती कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनवाट कार्य समितिको सदस्यमा बिष्णुप्रसाद रिजाल,रामलाल श्रेष्ठ,गोविन्द बुढाथोकी,मनराज गोदार,शिवकुमार श्रेष्ठ,पार्वती खाँड र दुर्गा अधिकारी चयन हुनु भएको हो ।
उपशाखाको पहिलो बैठकले पदाधिकारीहरुको चयन गर्ने वताईएको छ । अधिबेशनको उदघाटन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापती ईश्वरीप्रसाद अधिकारी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका निवर्तमान अध्यक्ष सीताराम वर्माले संयुक्त रुपमा गर्नु भएको थियो ।